२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पशुपति क्षेत्रमा पाँच हजार बिरुवा रोपिने

अ+ अ-

काठमाडौं । जलवायु परिवर्तनको प्रभाव कम गर्ने उद्देश्यले पाँच हजार बिरुवा रोप्ने अभियान सुरु भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । यो अभियानअन्तर्गत विभिन्न सङ्घसंस्था एवं व्यक्तिले वृक्षरोपण गर्न सक्नेछन् ।

सिभिल बैंकको आठौँ वार्षिकोत्सवका अवसरमा सोमबार कोषसँगको सहकार्यमा वनकाली क्षेत्रमा ३०० बिरुवा रोपियो । कपुर, पीपल, तेजपत्ता, कल्की, रुद्राक्षलगायत बिरुवा रोपिएको कोषका प्रशासकीय अधिकृत गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

कोषले यो अभियानअन्तर्गत यसअघि नै २०० बिरुवा रोपिएको जनाएको छ । एक वर्षमा पाँच हजार वृक्षरोपण सम्पन्न गर्ने कोषको लक्ष्य छ ।

कार्यक्रममा कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले विश्वका वैदिक सनातन हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक एवं रमणीय बनाउन पाँच हजार वृक्षरोपण अभियान सुरू गरिएको बताए । पशुपति क्षेत्रमा आउने धार्मिक पर्यटक घुमाई अवधि लम्ब्याउन यहाँको वातावरणमा सुधार गर्न लागिएको उनले बताए ।

कार्यक्रममा बैंकका अध्यक्ष एवं पूर्वसांसद इच्छाराज तामाङले सामाजिक उत्तरदायित्वको कामअन्तर्गत पशुपति क्षेत्रमा बिरुवा रोपिएको बताए । पशुपति क्षेत्रका वनकाली, भण्डारखाल, कैलाशडाँडा, मृगस्थली, किरातेश्वरलगायतका खाली स्थानमा बिरुवा रोपिने जनाइएको छ । रासस