बालकको उपचारका लागि जापानबाट ६२ हजार सहयोग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालकको उपचारका लागि जापानबाट ६२ हजार सहयोग


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


गलेश्वर । विगत छ महीनादेखि आँखाको क्यान्सरबाट पीडित म्याग्दी जिल्लाको धौलागिरि गाउँपालिका– ८ लम्सुङका आठ वर्षीय बालक नजिन विकको उपचारका लागि जापानबाट रु ६२ हजार १२३ सहयोग प्राप्त भएको छ ।

आर्थिक अवस्था कमजोर भएको र आँखाको शल्यक्रियामा ठूलो खर्च लाग्ने भनी पीडितका बुबा प्रेमबहादुर विकले सहयोगका लागि देश विदेशमा रहेका नेपालीमा अपिल गरेपछि सिन्धुपाल्चोककी सामाजिक अभियन्ता बबिता योञ्जनले नजिन बचाउ अभियान सञ्चालन गरेकाक थिए।

म्याग्दीकै आशिष परियार झिल्केले पीडित नजिनको अवस्थाबारे बाग्लुङ नगरपालिका– ५ मालिका बान्दै घर भई हाल जापानमा व्यवसाय गर्दै आएका गुरुप्रसाद सापकोटालाई भनेपछि मालिका समाज जापानका अध्यक्षसमेत रहेएका उनको सक्रियतामा ‘नजिन विक बचाउ’ अभियान फेसबुक गु्रप सञ्चालन गरिएको थियो ।

सोही गु्रपमार्फत जापानमा कार्यरत नेपालीबाट सङ्कलन गरी पठाएको रकम पीडितका बुबा प्रेमबहादुर विकलाई हस्तान्तरण गरिएको आशिष परियार झिल्केले जानकारी दिए। पीडित नजिनको ललितपुस्थित नेपाल क्यान्सर अस्पतालमा उपचार भइरहेको र पहिलो चरणको शल्यक्रिया सफल भएको बताइएको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस