ज्येष्ठ नागरिकलाई सहकारीद्वारा वृद्धभत्ता वितरण « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

ज्येष्ठ नागरिकलाई सहकारीद्वारा वृद्धभत्ता वितरण


प्रशासन संवाददाता

१० मंसिर २०७५, सोमबार


बेझाड । स्थानीय अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता वितरण गरेको छ ।

सहकारीमा आबद्ध ज्येष्ठ सदस्यलाई वृद्धभत्ता वितरण गर्दै आइरहेको उक्त सहकारीले हाल ७० वर्ष उमेरमाथिका ६० ज्येष्ठ नागरिकलाई प्रतिव्यक्ति मासिक रु ५०० वृद्धभत्ता प्रदान गरेको स्थापक दीपेन्द्रप्रसाद पौडेलले बताए ।

उक्त सहकारीले तीन वर्षअघिदेखि ज्येष्ठ नागरिक पोषण खर्च शीर्षकअन्तर्गत सो भत्ता प्रदान गर्दै आएको अध्यक्ष तीर्थप्रसाद पङ्गेनीले जानकारी गराए ।

Tags :
प्रतिक्रिया दिनुहोस