२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी, सात उद्योगी सम्मानित

अ+ अ-

भोजपुर । भोजपुरमा पछिल्लो समय व्यावसायिक तरकारी खेतीमा युवाहरुको लगाव देखिएको छ । यस्तो पेशामा लाग्ने बढी मात्रामा वैदेशिक रोजगारीबाट फर्केका युवाहरु रहेका छन् । उनीहरु यसैबाट राम्रो आम्दानीसँगै अन्य व्यक्तिका लागि उदाहरणीय पात्र समेत बनेका छन् ।

व्यावसायिक तरकारी खेतीमा लागेर भोजपुर नगरपालिका–७ का जीतकुमार राईले निकै राम्रो आम्दानी गरिहेका छन् । वैदेशिक रोजगारीको लागि साढे पाँच वर्ष कतारमा बिताउनुभएका राई अहिले आफ्नै ठाउँमा व्यवसायमा लागेर उदाहरणीय पात्रसमेत बनेका छन् । कतारमा कडा परिश्रम गरेर पनि राम्रो आम्दानी गर्न नसकेको बताउने राईले अहिले भने तरकारीखेतीबाट वार्षिक छदेखि सात लाखसम्म आम्दानी लिने गरेको बताउँछन्।

राई भन्छन्, ‘कतारको तातो घाम करीब छ वर्ष बिताएँ, तर खासै कमाउन सकिन, अहिले यही तरकारीखेतीमा लागेर वार्षिक ? सात लाखसम्म आम्दानी गरिहेको छु ।’ राईले आफ्नो पाँच रोपनी क्षेत्रफलमा तरकारीखेती गरिरहेका छन् । उनले मौसमअनुसार काउली, बन्दा, गोलभेंडा, खुर्सानी, साग, सिमीलगायतको खेती गरिरहेका छन् ।

बजारको राम्रो व्यवस्था नहुँदा भने बिक्री वितरणमा समस्या हुने गरेको उनको दुःखेसो छ । राईले भने, ‘बजारको राम्रो व्यावस्था नुहँदा भने निकै समस्या छ, हाम्रो बजारको माग करीब २०० किलो छ, मैले बढी उत्पादन गर्दा बिक्री वितरणमा भने समस्या हुन्छ, बजारको व्यवस्थामा सरकारले ध्यान दिए म जस्ता कृषकलाई सहज हुने थियो ।’

जिल्लामा पछिल्लो समय वैदेशिक रोजगारी गएर आएपछि धेरै युवाले यस्तो खालको पेशा अँगाल्ने गरेका छन् र उनीहरुले राम्रै आम्दानी पनि गरिरहेका छन् । तर प्राविधिक ज्ञान, राम्रो बीउविजन नपाउँदा भने निकै समस्या हुने गरेको उनीहरूको कथन छ ।

सात उद्योगी सम्मानित

भोजपुर जिल्लाका सात उद्योगीलाई सम्मान गरिएको छ । आइतबार तेस्रो उद्योग दिवसको अवसरमा लामो समयबाट उद्योग क्षेत्रमा काम गरिरहेका उद्योगीलाई सम्मान गरिएको हो ।

दिवसको अवसरमा घरेलु तथा साना उद्योग विकास समितिले धातु उद्योगतर्फ बुद्धराज शाक्य, सूर्यबहादुर शाक्य, नारायण उदास, रोशन शाक्य, उर्मिला औजार उद्योगकी उर्मिला श्रेष्ठ, रञ्जिता खुकुरी उद्योगका गणेश विश्वकर्मा र भेजबहादुर खुकुरी उद्योगका भेजबहादुर विश्वकर्मालाई दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ ।

दिवसको अवसरमा बोल्दै प्रदेश नं १ का प्रदेश प्रमुख सचिव केदार न्यौपानेले आवश्यक पर्ने कच्चा पदार्थ र युवालाई सीप सिक्नका लागि तालीम आयोजना गर्नका लागि सहयोग गर्ने बताए ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताले जिल्लाका उद्योग र उद्योगीका समस्या पहिचान गरी प्रदेश सरकारले यसतर्फ गम्भीर भएर लाग्नुपर्ने बताएका थिए । त्यस्तै उत्पादित वस्तु तथा सेवाको बजार र बजारीकरणमा समस्या भएकाले बजारको व्यवस्था गर्नुपर्ने सहभागीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस