आर्थिक परनिर्भरताका कारण महिला हिंसा : विकासमन्त्री पुन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आर्थिक परनिर्भरताका कारण महिला हिंसा : विकासमन्त्री पुन


प्रशासन संवाददाता

९ मंसिर २०७५, आइतबार


कास्की । गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले आर्थिक परनिर्भरताका कारण महिलामाथि हिंसा बढेकोे बताएकी छन् ।

महिला हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पुनले महिला आर्थिक रूपमा सवल र सक्षम नभएसम्म हिंसा नरोकिने बताइन् । उनले भने, ‘महिला आर्थिक रूपमा परनिर्भर भएकै कारणले विभिन्न शारीरिक र मानसिक हिंसाको चपेटामा परेका छन् ।

उनीहरुको आर्थिक सवलीकरणका लागि व्यावसायिक तालीम जरुरी छ ।’ उनले तालीमका लागि तालीम नभई जीवनस्तरमा परिवर्तन ल्याउने खालको तालीम सञ्चालन गर्ने तयारी भइहेको बताए । स्वरोजगार मोबाइल एप्सबाट कस्तो तालीम आवश्यक भन्ने बारेमा सर्भे गरिरहेको उनले जानकारी दिइन् । उनले सामाजिक विकास मन्त्रालयमा रु ४ करोड ३२ लाख स्वरोजगार कार्यक्रमका लागि बजेट रहेको जानकारी दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस