Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

बाढीपीडितलाई घर हस्तान्तरण


प्रशासन संवाददाता

९ मंसिर २०७५, आइतबार


दमक । झापाको कमल गाउँपालिका–२ स्थित नयाँ बस्तीका बाढीपीडितलाई शनिबार निःशुल्क घर हस्तान्तरण गरिएको छ ।

दुई वर्षअघि विस्थापितहरुलाई पुनर्वास गराउन क्यारितास नेपाल, अभियान नेपाल, कमल गाउँपालिकालगायत विभिन्न संघसंस्थाको संयुक्त सहभागितामा १२ वटा घर निर्माण गरिएको हो ।

तीनकोठे नवनिर्मित घर टिनको छाना, सेन्टर बेरा भएको र प्रत्येक घरमा छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । एउटा घर निर्माणमा रु २ लाख खर्च भएको निर्माण समितिका संयोजक प्रताप सुब्बाले जानकारी दिए । गाउँपालिकाले शनिबार एक कार्यक्रम गरी ती नवनिर्मित १२ वटा घर पीडित परिवारलाई हस्तान्तरण गरेको थियो ।

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नवनिर्मित घरको साँचो विस्थापितहरुलाई हस्तान्तरण गरे । घर हस्तान्तरणका क्रममा मन्त्री कार्कीले बाढी तथा प्राकृतिक प्रकोप व्यवस्थापन गर्न सबै क्षेत्रको भूमिका आवश्यक भएको औँल्याए।

घर हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी, क्यारितास नेपाल दमक शाखाका प्रमुख देवेन्द्र पोख्रेललगायतले नयाँबस्तीको घर निर्माणको महत्वकामाथि चर्चा गरेका थिए । रासस

Tags :
प्रतिक्रिया दिनुहोस