काठमाडौँ । निजामती, संस्थान, वित्तीय संस्था, विश्वविद्यालय एवं कम्पनीहरूबाट सेवा निवृत्त प्रजातन्त्रवादी कर्मचारीहरूको साझा संस्था पूर्व कर्मचारी समाजको भेलाले वटुकृष्ण पौडेललाई अध्यक्षमा निर्वाचित गरेको छ ।
समाजको वरिष्ठ उपाध्यक्षमा केशवप्रसाद शर्मा न्यौपाने, उपाध्यक्ष विश्वमणि पौडेल, महासचिव ऋषिराम आचार्य, सचिव माधवप्रसाद न्यौपाने र कोषाध्यक्षमा मधुसूदन गौतम निर्वाचित भएका छन् ।
सदस्यमा अजित कुमार मूल, बच्चु राम न्यौपाने, युवराज भट्टराई, गुह्यश्वरी शाक्य, विश्वराज भट्टराई, चेतप्रसाद गुप्ता, रुद्रनाथ अधिकारी, विश्वमणि शर्मा, राजाराम थापा, सूर्यमणि पौडेल, किरणबहादुर माकाजू, दामोदर न्यौपाने र चक्रबहादुर शाही चयन भएका छन् ।
भेलालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको गुटबन्दी अन्त्य गरी समयमै महाधिवेशन र महासमितिको बैठक गरी पार्टीलाई गतिशील तुल्याउनुपर्नेमा जोड दिए। पूर्वमन्त्री शङ्कर भण्डारीले पनि नेपाली काङ्ग्रेसले बलियो प्रतिपक्षीको भूमिका खेल्न सक्नुपर्ने बताए ।