तीनवटै तहका कर्मचारीको सेवा-सुविधा फरक फरक, संघीय निजामती ऐन चाँडै « प्रशासन
Logo ३ भाद्र २०७९, शुक्रबार
   

तीनवटै तहका कर्मचारीको सेवा-सुविधा फरक फरक, संघीय निजामती ऐन चाँडै


८ मंसिर २०७५, शनिबार


कर्मचारी समायोजन

झापा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले तीनवटै तहका कर्मचारीको सेवा-सुविधा फरक बनाउने तयारीमा सरकार रहेको बताएका छन् ।

झापाको अर्जुनधारामा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पण्डितले एक महिनादेखि मन्त्रिपरिषदमा भइरहेको छलफल सकिएपछि ऐन सार्वजनिक गर्ने बताउँदै स्थानीय, प्रदेश र केन्द्र तीनवटै तहका राष्ट्रसेवक कर्मचारीको सेवा-सुविधा पनि फरक बनाउने तयारीमा सरकार रहेको छ भने ।

संघीय निजामती ऐन चाँडै आउने पनि मन्त्री पण्डितले बताएका छन् ।

मन्त्री पण्डितले प्रतिपक्षी दल काङ्ग्रेसले सरकार असफल भयो भन्नुमा कुनै तुक नरहेको उल्लेख गर्दै सरकारमा भएका बेला बिगारेको काम वर्तमान सरकारले सपार्दै गरेको दाबी गरेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस