बानेश्वर चक्कु प्रहार प्रकरणः एकको मृत्यु, एक गम्भीर « प्रशासन
Logo २६ श्रावण २०७९, बिहिबार
   

बानेश्वर चक्कु प्रहार प्रकरणः एकको मृत्यु, एक गम्भीर


८ मंसिर २०७५, शनिबार


चक्कु प्रहार

काठमाडौँ । आपसी विवादमा चक्कु प्रहार गर्दा एकको मृत्यु भएको छ भने अर्का एकको अवस्था गम्भीर छ ।

बानेश्वर गैरीगाउँमा लागूऔषध प्रयोगकर्ताको समूहबीच आन्तरिक बिबादका कारण चक्कु प्रहार गर्दा अनिल श्रेष्ठको मृत्यु भएको छ भने बिक्की मगरको ट्रमा सेन्टरमा उपचार भईरहेको छ।

चक्कु प्रहार लगत्तै बिक्कीलाई मिनभवनको सिभिल अस्पतालमा पुर्याइएको थियो। उनको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको थियो। अर्का घाइते श्रेष्ठको ट्रमा सेन्टरमा उपचार भइरहेको र चक्कु प्रहार गर्नेको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ ।

र यो पनि,

राजधानीमा दिनदहाडै छुरा प्रहार

प्रतिक्रिया दिनुहोस