Logo २८ पुस २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

मिस वर्ल्ड २०१८ : नेपाली चेली शृंखलालाई अनलाइन भोटिङमा सबैभन्दा बढी भोट


प्रशासन विशेष ब्युरो

८ मंसिर २०७५, शनिबार


मिस वल्र्ड २०१८

काठमाडौं । मिस वर्ल्ड २०१८ मा नेपालबाट प्रतिनिधित्व गरेकी शृंखला खतिवडाले अनलाइन भोटिङमा सबैभन्दा बढी ३२ प्रतिशत मत पाएकी छन् । बिहीबार मध्याह्नसम्मको मतका आधारमा शृंखला अरू प्रतियोगीभन्दा निकै अघि छिन् ।

मिसवर्ल्डभोट डट कम नामक वेबसाइटका अनुसार शृंखलापछि युगान्डाकी प्रतियोगीले १० प्रतिशत, फ्रान्सकी प्रतियोगीले ८ प्रतिशत र रुस एवम् तान्जानियाका प्रतियोगीले चार-चार प्रतिशत मत पाएका छन् ।

अनलाइन भोटिङमा सबैभन्दा बढी मत पाएपछि उनी उपाधि नजिक पुगेको भन्दै नेपालीहरूमा उत्साह देखिएको छ । उनीबारे सामाजिक सञ्जालमा धेरैले चासो व्यक्त गरेका छन् । कतिले उनलाई प्रतियोगिताको बलियो दाबेदार रहेको र उनले नै उपाधि जित्ने बताएका छन् ।

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का नेता योगेश भट्टराईले पनि शृंखलाको परिचयात्मक भिडिओ ट्विट गरेका छन् । मिस वल्र्ड प्रतियोगिताका लागि बनाइएको उक्त भिडिओ युट्युबमा १३ लाखभन्दा बढी पटक हेरिसकिएको छ ।

प्रतियोगिताअन्तर्गत उत्कृष्ट मोडलको प्रतिस्पर्धामा उनी शीर्ष ३० मा परेकी थिइन् ।

प्रतियोगिताको मुख्य प्रतिस्पर्धा भने डिसेम्बर ८ मा हुनेछ । अब हुन बाँकी मल्टिमिडिया, ब्युटी विथ पर्पोज र अन्य उपाधिका लागि राम्रो प्रदर्शन गर्ने अपेक्षा राखेको उनले लेखेकी छन् ।

चीनमा हुँदै गरेको प्रतियोगितामा १२० देशका सुन्दरीहरू प्रतिस्पर्धा गर्दैछन् । उनीहरूलाई २० वटा समूहमा बाँडिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस