ओखलढुङ्गामा दृश्यावलोकन स्तम्भ निर्माण « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

ओखलढुङ्गामा दृश्यावलोकन स्तम्भ निर्माण


प्रशासन संवाददाता

६ मंसिर २०७५, बिहिबार


ओखलढुङ्गा । ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सदरमुकाम नजिकैको उच्चभागमा पर्ने लगलगे डाँडामा दृश्यावलोकन स्तम्भ बनाएको छ ।

निर्वाचित भएर कार्यभार सम्हालेको भोलिपल्टै नगरप्रमुख श्रेष्ठले शिल्यान्यास गरेका उक्त स्तम्भ १६ महीनामै निर्माण सम्पन्न भएको छ । रु २३ लाखको लागतमा करीब १० मिटर अग्लो स्तम्भ निर्माणको काम सकिएको नगरपालिकाका इञ्जिनीयर दिव्य श्रेष्ठले जानकारी दिए । ‘संरचना निर्माणको काम सकियो ।

आकर्षक बनाउन रङरोगन तथा अन्य व्यवस्थापनको काम भइरहेको छ ।’ श्रेष्ठले भने । उनका अनुसार समुद्र सतहबाट २ हजार ३७० मिटरको उचाइमा उक्त स्तम्भ बनाइएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस