छ लाखको चाँदी सहित भारतीय पक्राउ « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

छ लाखको चाँदी सहित भारतीय पक्राउ


प्रशासन संवाददाता

६ मंसिर २०७५, बिहिबार


काठमाडौं । छ लाख मूल्य बराबरको चाँदीसहित एक भारतीय नागरिक पक्राउ परेका छन् । नेपालबाट भारततर्फ अवैध रूपमा चाँदी लैजाँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाका आधारमा वीरगञ्ज महानगरपालिकाको सिर्सियाबाट ६ लाख ३० हजार मूल्य बराबरको १० किलोग्राम चाँदीसहित भारत बिहार पश्चिम चम्पारण चनपटिया निवासी गुलसन साह कानुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

वीआ२२एडी ३५२० नंको मोटरसाइकलमा नेपालबाट भारततर्फ जाँदै गरेका कानुलाई सिर्सिया नाकामा रोकी जाँच गर्दा दुई पोका चाँदी बरामद भएपछि आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिएको पर्साका प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले चाँदीसहित पक्राउ परेका कानुलाई बरामद भएका वस्तुसहित आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाउने तयारी भएको जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस