उपमेयरको घरबाट १६ लाख बराबरको चोरी « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

उपमेयरको घरबाट १६ लाख बराबरको चोरी


६ मंसिर २०७५, बिहिबार


भक्तपुर । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीको घरमा चोरी भएको छ ।

सूर्यविनयाक नगरपालिका–८ सिपाडोलस्थित घरबाट करिब १५ लाख ९८ हजार ७५० बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले चोरीका सम्बन्धमा अनुसन्धान अघि बढाएको जनाएको छ ।

मध्यपुरथिमि नगरपालिकाका नगर प्रमुख एवं मेयर क्लवका सचिव मदन सुन्दर श्रेष्ठले दिनदाहाडै जनप्रतिनिधीको घरमा भएको चोरीको अनुसन्धान गरी कारबाही गर्न माग गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस