मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

मलेसियाली प्रधानमन्त्रीको पाकिस्तानी आफ्ना समकक्षीसँग भेटवार्ता


प्रशासन संवाददाता

५ मंसिर २०७५, बुधबार


पुत्राजया, मलेसिया । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आफ्ना पाकिस्तानी समकक्षी इमरान खानसँग बुधबार भेटवार्ता गर्ने भएका छन् । यी दुई नेताबीच भएको विस्तृत विवरण पत्रकार सम्मेलन क्रममा सार्वजनिक गरिने बताइएको छ ।

यी दुई नेताबीच भष्टाचार र आतङ्कवादविरुद्धको विषयका विभिन्न मुद्दामा छलफल भएको जानकारी दिइएको छ ।‘हाम्रो लामो समयको समबन्ध रहेको छ ।  हाम्रो समस्या पनि उस्तै रहेको र यसको समाधानको लागि हाम्रो वार्ता जारी रहने छ । हाम्रीले विदेश लगानी, निजीकरण, आतङ्कवाद र खाद्यपदार्थको विषयमा पनि छलफल गर्ने छौ ’ मलेसियाली प्रधानमन्त्री महाथिरले बताएका छन् ।

गत अगस्तमा पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका इमरान खानको सो पद सम्हालेयता मलेसियाको यो पहिलो भ्रमण हो । भष्टाचारविरुद्धको लडाईमा मलेसियाको प्रयासलाई आफूले पनि सिक्ने चाहाना भएको खानले बताएका छन् ।

पाकिस्तानमा पर्यटन क्षेत्रको विकाश गर्न मलेसियासँग सहयोग लिने खानले बताएका छन् । पाकिस्तानसँग पर्यटन क्षेत्रहरु त प्रशस्त रहेको तर पर्यटन स्थलको राम्रो विकाश नभएको खानले बताएका छन् ।  पर्यटन स्थलको राम्रो विकाशपछि जिडिपी र प्रति व्यक्ति आय बढ्ने खानले बताए । रासस/सिन्ह्वा

Tags :
प्रतिक्रिया दिनुहोस