देउवाले चित्त बुझ्दो काम नगरेको नेता सिंहको आरोप « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

देउवाले चित्त बुझ्दो काम नगरेको नेता सिंहको आरोप


प्रशासन संवाददाता

५ मंसिर २०७५, बुधबार


रुपन्देही । कांग्रेस नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवाले चित्त बझ्दो काम नगरेको आरोप लगाएका छन् । नेता सिंहले सभापति देउवाले पार्तीलाई विधान विपरित चलाएको बताएका छन् । उनले कसैलाई पनि विधान मिच्ने अधिकार नभएको स्पष्ट पारे ।

बुटवलमा आयाजित एक कार्यक्रममा बोल्दै नेता सिंहले बिपी, गणेशमान र कृष्णप्रसाद भट्टराईले सोचेअनुसार वर्तमान पार्टी नेतृत्व जान नसकेको बताए ।

उनले सबैलाई समेटेर विधान र विधिलाई अवलम्बन गर्ने नेतृत्व काङ्ग्रेसमा आवश्यक रहेको बताए । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता सिंहले वर्तमान सरकार संघीयता संस्थागत गर्ने पक्षमा नरहेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस