वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर चिसो वृद्धि « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

वायुमण्डलको प्रभावले काठमाडौं उपत्यकासहित मुलुकभर चिसो वृद्धि


प्रशासन संवाददाता

५ मंसिर २०७५, बुधबार


काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकभर चिसो बढेको छ ।

वायुमण्डलको प्रभावले काठमाडौंउपत्यकामा गत वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा मङ्गलबार आठ र आज बुधबार ८ डिग्री सेल्सियस तामक्रम रहेको छ ।

लामो समयसम्म पानी नपरेकाले धुलोका कारण वायुमण्डल प्रदूषित भएपछि चिसो बढेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिए । ‘सिजनल इफेक्ट९मौसमी प्रभाव०ले न्यूनतम तापक्रम तलमाथि भइरहेको हो । तापक्रम घटेपछि उपत्यकामा बढी चिसोको महसुस गरिएको छ”, उनले भने । मौसमविद्का अनुसार अबको केही दिनमै तराई क्षेत्रमा पातलो कुहिरो लाग्ने छ ।

पहाडी क्षेत्रमा लामो समय पानी नपरेका कारण तुवाँलोले दृश्यता कमजोर भएको छ । अहिले पानी पर्ने कुनै सम्भावना नरहेको नगरकोटीले जानकारी दिए । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडो याम शुरु हुन्छ । केही दिनदेखि दिउँसोको तापक्रमसमेत २ देखि ३ डिग्री सेल्सियसका दरले घटिरहेको छ । यस्तो अवस्थामा सुधार नआए केही दिनमै ह्वात्तै जाडो बढ्न सक्ने बताइएको छ । तापक्रम क्रमशः घट्दो क्रममा छ ।

प्रतिक्रिया दिनुहोस