द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छ : नेता सिटौला « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

द्वन्द्वपीडितलाई न्याय दिन सरकार गम्भीर हुनुपर्छ : नेता सिटौला


प्रशासन संवाददाता

५ मंसिर २०७५, बुधबार


सुर्खेत । नेपाली काङ्गे्रसका नेता कृष्णप्रसाद सिटौलाले द्वन्द्वपीडितलाई न्याय दिलाउन सरकार गम्भीर नभएको विचार व्यक्त गरेका छन् ।

काङ्गे्रस सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित पत्रकार भेटघाटमा उनले १२ वर्षसम्म पनि द्वन्द्वपीडितले न्याय पाउन नसक्नु दुःखद् रहेको बताए ।  उनले विस्तृत शान्ति सम्झौताको १२ वर्ष बितिसक्दासमेत द्वन्द्वपीडितलाई न्याय दिलाउन नसक्दा समाजमा बदलाको भावना बढ्न गई भविष्यमा अर्को कुनै प्रकारको द्वन्द्व निम्तिन सक्ने खतरा औँल्याए ।

शान्ति सम्झौताको मर्मविपरीत सहमतिमै गठन भएका सत्य निरुपण तथा मेलमिलाप र बेपता पारिएका व्यक्तिको छानबिन आयोगलाई सरकारले निष्क्रिय पारेको उनको आरोप थियो । ‘कुनै अड्चन भए पनि संसद्बाट कानून बनाएर आयोगलाई गतिशील बनाउनुपथ्र्यो’ पूर्वगृहमन्त्रीसमेत रहेका नेता सिटौलाले भने, ‘यति ठूलो बहुमत हुँदासमेत सरकारले द्वन्द्वपीडितलाई किन न्याय दिन सकेन, यसले सरकारको नियतमाथि प्रश्न उठेको छ ।’

उनले भने,’प्रतिपक्षीले जनमतको दबाबमार्फत सरकारलाई सही ट्रयाकमा लैजान सक्नुपथ्र्यो, त्यसमा हाम्रो पार्टीको कमजोरी रह्यो ।’पत्रकारको जिज्ञासामा सिटौलाले सभापति शेरबहादुर देउवा बहुमतका आधारमा पेलेर अघि बढ्न खोजेको भन्दै आपत्ति जनाउए ।

प्रतिक्रिया दिनुहोस