स्वास्थ्य सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

स्वास्थ्य सहायक २० दिनदेखि बेपत्ता, बिरामी मारमा


प्रशासन संवाददाता

५ मंसिर २०७५, बुधबार


बालक बेपत्ता

गौशाला । महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया स्वास्थ्य चौकीका स्वास्थ्य सहायक चन्दनकुमार साह २० दिनदेखि बेपत्ता छन् । साह बेपत्ता भएपछि बिरामी मारका परेका छन् ।

साह कहाँ कुन अवस्थामा रहेको भन्ने बारेमा कुनै जानकारी नभएको एकडारा गाउँपालिका–५ का वडाध्यक्ष शेराजुद्दिन अन्सारीले बताए । उपचारका लागि आउने बिरामीलाई निकै सास्ती भएको त्यहाँ कार्यरत अनमी प्रतिमा चौधरी पौडेलले बताइन् । स्वास्थ्य चौकीमा दैनिक ७० देखि ८० बिरामी उपचारका लागि आउने गरेका छन् । ‘उपचार सेवा प्रभावित भएको छ,’ पौडेलले भनिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस