बस दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बस दुर्घटनामा दुईको मृत्यु


प्रशासन संवाददाता

५ मंसिर २०७५, बुधबार


बस दुर्घटना

परासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत पश्चिम नवलपरासीको भूमहीमा आज बिहान बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट काँकडभिट्टातर्फ जाँदै गरेको ना५ख १०९६ नंको बस जिल्ला ट्राफिक प्रहरी कार्यालय नजिकै दुर्घटना भएको हो । दुर्घटनामा परी ३३ वर्षीय लोकेन्द्रबहादुर कार्की तथा अर्का एक व्यक्तिको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक अनोज विकले जानकारी दिए । घाइतेको स्थानीय विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस