सहसचिव केदार न्यौपाने सचिवमा बढुवा, प्रदेश एक र दुईमा प्रमुखसचिव नियुक्त « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सहसचिव केदार न्यौपाने सचिवमा बढुवा, प्रदेश एक र दुईमा प्रमुखसचिव नियुक्त


प्रशासन विशेष ब्युरो

५ मंसिर २०७५, बुधबार


सचिव

काठमाडौं । सरकारले सहसचिव केदार न्यौपानेलाई सचिवमा बढुवा गरेको छ ।

मन्त्रिपरिषद्को गत सोमवारको बैठकले न्यौपानेलाई सचिवमा बढुवा गर्दै प्रदेश एकको प्रमुख सचिवको जिम्मेवारी दिएको हो ।

न्यौपाने यसअघि प्रदेश एककै निमित्त प्रमुख सचिव थिए ।

त्यसैगरी निर्वाचन आयोगका सहसचिव दिपक सुवेदीलाई प्रदेश २ को कायमुकायम प्रमुख सचिवको जिम्मेवारी दिएको छ ।

रामेश्वरमान सिंह उमेर हदका कारण अनिवार्य अवकाश पाएसँगै प्रदेश २, दुई सातायता प्रमुख सचिवबिहीन थियो ।

केही दिन बसेको बढुवा समितिको बैठकले न्यौपाने, सुवेदी र चन्द्रमान श्रेष्ठको नाम मन्त्रिपरिषद्मा पठाउने निर्णय गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस