२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बागलुङमा फस्टाउँदो छ अल्लोको उद्यम

अ+ अ-

बागलुङ । वनमा खेर गइरहेको अल्लो कमाइको स्रोत बनेको छ । ताराखोला गाउँपालिका–४ को ‘लावाङ जुनतारा साना लघु उद्यम समूह’ अल्लो प्रबद्र्धनमा लागेको हो ।

अल्लोको धागो कातेर हस्तकलाका सामान बनाउने र बेच्ने काम समूहले गर्दै आएको छ । विसं २०७० मा बनेको समूहमा १४ जना महिला छन् । उद्यमी महिलाले अल्लोबाट कोट, स्वीटर, झोला, टोपी, पछ्यौरा लगायतका सामग्री बनाउछन् । ‘धेरै सामान गाउँमै बिक्री हुन्छ’, उद्यमी जस्मती रोकाले भनिन्, ‘माग आउँदा बाहिर पनि पठाउँछौँ ।’ समूहकी अध्यक्ष समेत रहेकी रोकाका अनुसार अल्लोका उत्पादनप्रति प्रयोगकर्ताको रुची बढ्दो छ । स्वदेशी उत्पादन मन पराउनेले अल्लोका सामग्री बढी किन्ने गर्छन् ।

वनमा जाने, अल्लो खोज्ने, लोक्ता काड्ने, खरानी–पानीमा पकाउने, कुट्ने, स्वच्छ पानीमा धुने, कमेरो लगाएर सुकाउने र कुटेपछि मात्र अल्लोको भुवा तयार हुन्छ । भुवाबाट धागो कातेर कपडा लगायतका विभिन्न सामग्री बनाउने गरिन्छ । पछिल्लो समय गाउँपालिकाले अल्लो प्रशोधन गर्ने यन्त्र उपलब्ध गराएपछि सहज बनेको छ ।

प्रशोधनदेखि धागो निकाल्न प्रयोग हुने पाँच प्रकारका यन्त्र समूहले पाएको छ । ‘रु सात लाख ५० हजार मूल्यका यन्त्र दिएका छौं’ गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले भन्नुभयो, ‘उत्पादन वृद्धि र व्यवसायिकीकरणमा टेवा पुग्ने विश्वास छ ।’ स्थानीय स्रोत साधनमा आधारित उद्यमशीलता प्रवद्र्धन कार्यक्रममार्फत गाउँपालिकाले सहयोग गरेको हो ।

यसअघि आधुनिक प्रविधि नहुँदा हातैले अल्लो चुटेर धागो निकाल्नु पर्ने अवस्था थियो । घरेलु प्रविधि अपनाउँदा सोचेजति धागो उत्पादन हुन सकेको थिएन । नयाँ प्रविधिले गुणस्तरीय धागो कात्न सजिलो र छिटो भएको उद्यमी सपना बुढाथोकीले बताए ।

उनका अनुसार जङ्गलबाट अल्लो ल्याएर धागो निकाल्न ४ दिन लाग्छ । अल्लो खोज्न समूहमै आवद्ध महिला जङ्गल पुग्छन् । गाउँका किसानले अल्लो ल्याएमा प्रतिकिलो रु ५५ समूहले उपलब्ध गराउने गरेको छ । सामुदायिक वनबाट झिकिने अल्लोको लागि तोकिएको दस्तुरसमेत तिर्नुपर्छ ।

महिलाले अल्लोको धागो र सामग्री बेचेर आएको पैसा समूहमा जम्मा गर्छन् । सोही पैसाबाट केही प्रतिशत लगानी र बाँकी रकम घरखर्चमा प्रयोग गर्दै आएका छन् ।’ठूलो कमाइ नभए पनि घरखर्च चलाउने पैसा अल्लोबाट आउँछ’उद्यमी बुढाथोकीले भनिन्, ‘अल्लोको धागो प्रतिकिलो रु एक हजार ५०० मा बिक्री हुने गरेको छ ।’

यस्तै ठूलो स्वीटरको रु। ३ हजार, सानोको रु २ हजार, टोपी रु ५००मा किनबेच हुन्छ । उद्यम चलाउदा शुरुमा रु एक लाख ५० हजार लागे पनि अहिले लगानी बढ्दै गएको छ । दैनिक आलोपालो समय बाँडेर महिला अल्लोको काममा खटिने गर्छन् ।

अल्लोको प्रबद्र्धनका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगायतले अल्लोका कपडा र सामग्रीको प्रयोग गर्न थालेका छन् । अल्लो समुद्री सतहदेखि एक हजार २०० मिटर माथिको पहाडी भू–भागमा पाइने वनस्पति हो । अल्लोको बोक्रामा हुने रेशा नरम, बलियो र चम्लिको हुने भएकोले धागो बनाउन प्रयोग गरिन्छ । रासस

प्रतिक्रिया दिनुहोस