प्रशासन समाचार प्रभावः स्वास्थ्य विभागद्धारा सरुवा गरिएका नर्सको सूची सार्वजनिक « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

प्रशासन समाचार प्रभावः स्वास्थ्य विभागद्धारा सरुवा गरिएका नर्सको सूची सार्वजनिक


प्रशासन विशेष ब्युरो

४ मंसिर २०७५, मंगलबार


सरुवा गरिएका नर्सको सूची

काठमाडौँ । स्वास्थ्य सेवा विभागले स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह स्टाफ नर्स पदको सरुवा सूची सार्वजनिक गरेको छ ।

अन्तिम समयमा रातारात सरुवा गरेर सूची नै लुकाएपछि प्रशासन डटकले यसबारे समाचार प्रकाशन समाचार प्रकाशित गरेको थियो ।

सम्बन्धित समाचार : ‘गुपचुप सरुवा’ गरेर महानिर्देशक सम्पर्कविहिनः फोन नउठ्दा सचिव नै आजित !

पछिल्लो दिन शनिवारको बिदा भएकोले कार्यालय बन्द रहने र त्यसको भोलिपल्ट आइतबार बिहानैदेखि विभागका महानिर्देशक गुणराज लोहनी सम्पर्कविहिन बने । उनको मोबाइल मात्रै स्विच अफ भएन, दिनभरि जसो विभागका कुनै फोनहरू उठेनन् । मन्त्रालयका सचिवले महानिर्देशकले फोन नउठाउँदा हैरान भएको बताउँदै सरुवाबारे अनविज्ञता प्रकट गरेपछि प्रशासन टोली स्थलगत रिपोटिंगका लागि विभाग पुगेको थियो ।

सम्बन्धित समाचार : सिंहदरवार छेउमै यस्तो : ३ दिनमा पनि जानकारी पुगेन २ किमी परको कार्यालयबाट

निरन्तरको खबरदारीपछि विभागले सोमबार नर्सको सूची वेबसाइटमा राखेको छ । तर सरुवा निर्णय भएका सबै सूची सार्वजनिक गरिएको छैन । १७० जना नर्सको सूची मात्रै राखिएको छ । त्यसो त यो पहिलो घटना भने होइन । यसअघि पनि सरुवाको सूची सार्वजनिक नगरी गुपचुप राखेपछि समाचार नै लेख्नु परेको थियो ।

सम्बन्धित समाचार : कर्मचारी सरुवामा ‘चलखेल’

कार्तिक ३० गते शुक्रवार साँझ हजारौँ कर्मचारीको सरुवा गरिएको छ । तर नर्सको मात्रै सूची सार्वजनिक भएको छ । एकै दिन गरिएको निर्णय किस्ताबन्दीका निकाल्नुको रहस्य के हो ? यसको जवाफ सम्बन्धित निकायले कर्मचारीलाई दिनु पर्छ कि पर्दैन ? वेबसाइटमा क्षमता नभएर हो कि इन्टरनेट स्लो भएर अपलोड हुनै समय लागेर हो ? या पावर एक्सरसाईज बालाहरूको सेटिंगका लागि वेइटिंगमा राखेको ? होइन भने एकै एकै दिनमा गरिएको निर्णय आधा सार्वजनिक गर्नु र आधा नगर्नुको रहस्य के त ?

सरुवाको जानकारी लिनकै लागि काठमाडौँका होटेलमा बसेका अरू कर्मचारीले कहिलेसम्म जानकारी पाउने हुन् ? यसको जबाफदेही सरुवा गर्ने महानिर्देशकले हुनुपर्छ कि पर्दैन ?

कि नेतृत्वले जे गरे पनि हुने भन्ने गुपचुप गुपचुप नयाँ व्यवस्था भएको छ र त्यो सार्वजनिक हुन बिहीबार नै कुर्नुपर्ने हो ? विभाग र मन्त्रालयले जवाफ दिँदैनन् भने सरकारले यसको जवाफ दिनुपर्छ, कि स्वास्थ्य मन्त्रालयले जे गरे नि हुने कुनै निर्णय गरेको छ भने त्यो सार्वजनिक होस्, हैन भने कहीँ नभएको जात्रा हाँडी गाउँ भनेजस्तै नहोस् ।

हेर्नुहोस् सूची

Tags :
प्रतिक्रिया दिनुहोस