ललितपुर महानगरपालिकाले करारमा कर्मचारी भर्ना गर्ने « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

ललितपुर महानगरपालिकाले करारमा कर्मचारी भर्ना गर्ने


प्रशासन विशेष ब्युरो

३ मंसिर २०७५, सोमबार


करारमा कर्मचारी भर्ना

ललितपुर । ललितपुर महानगरपालिकाले करारमा कर्मचारी भर्ना गर्ने भएको छ ।

काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले करारमा कर्मचारी भर्ना गर्ने योजना बनाएको बताएका हुन् ।

स्थायी कर्मचारीबाट काम लिन गाह्रो भएपछि करारमा कर्मचारी भर्ना गर्ने योजना अघि सारेको बताउँदै मेयर महर्जनले करारमा भर्ना गरेका कर्मचारीहरुले राम्रो काम गरेमा २ वर्षपछि उनीहरूको म्याद थप गर्ने बताए ।

सरकारको नीतिगत निर्णयमा ढिलाई हुँदा स्थानीय सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको मेयर महर्जनको भनाई छ ।

Tags :
प्रतिक्रिया दिनुहोस