१०१ वर्षीया भगवतीदेवी राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

१०१ वर्षीया भगवतीदेवी राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति


प्रशासन विशेष ब्युरो

३ मंसिर २०७५, सोमबार


राष्ट्रिय परिचयपत्र

काठमाडौँ । फिदिम नगरपालिका–४ शान्तिपुरकी १०१ वर्षीया भगवतीदेवी भण्डारी राष्ट्रिय परिचयपत्र पाउने पहिलो व्यक्ति भएकी छिन् ।

पाँचथरको शहीद मञ्चमा सोमबार आयोजित विशेष कार्यक्रममा गृहमन्त्री रामबहादुर थापाले भण्डारीलाई राष्ट्रिय परिचयपत्र प्रदान गर्दै राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गरेका हुन् ।

राष्ट्रिय परिचयपत्र पाउने दोस्रो व्यक्ति भने गृहमन्त्री थापा आफैँ भएका छन्। उनलाई भगवतीले परिचयपत्र दिएकी थिइन्।

राष्ट्रिय परिचय पत्र वितरणको पहिलो दिन ५० वटा कार्ड बाँड्ने कार्यक्रम रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन तथा पञ्जिकरण विभागका निर्देशक शिवराज जोशीले बताए । जोशीको अनुसार पाँचथरका लागि ५२ हजारभन्दा बढीको विवरण सङ्कलन गरिएको र तत्कालका लागि २४ सय बढी कार्ड पुर्‍याइएको छ ।

पाँचथरमा गत असार ५ गतेदेखि राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन सुरु भएको थियो ।

पाँचथरबाट सुरु भएको परिचयपत्र वितरण कार्यक्रम केही दिनमै सिंहदरबारभित्रका कर्मचारीलाई वितरण गरिने छ ।

राष्ट्रिय परिचयपत्रमा व्यक्तिको सम्पूर्ण विवरण, भूमि, शिक्षा, सरकारी सेवालगायत सबै सेवाको अभिलेख समावेश गरिएको छ । राष्ट्रिय परिचयपत्र वितरणका लागि वडास्तरसम्म इकाइ स्थापना हुने  जनाइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस