बसको ठक्करबाट विद्यार्थीको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

बसको ठक्करबाट विद्यार्थीको मृत्यु


प्रशासन संवाददाता

३ मंसिर २०७५, सोमबार


बस दुर्घटना

राजापुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दियाको ठाकुरबाबा नगरपालिका नजिकै बसको ठक्करबाट साइकलमा सवार १ विद्यार्थीको आज घटनास्थलमै मृत्यु भएको छ ।

कालीकोटबाट टीकापुरका लागि छुटेको ना ४ ख ५३७५ नम्बरको बसको ठक्करबाट भेरी पब्लिक शिक्षालयमा कक्षा ९ मा अध्ययनरत् विद्यार्थी निर्मला चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस