क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको संख्या ७७ पुग्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

क्यालिफोर्निया डढेलो, मृत्यु हुनेको संख्या ७७ पुग्यो


प्रशासन संवाददाता

३ मंसिर २०७५, सोमबार


प्याराडाइज । अमेरिकाको क्यालिफोर्निया राज्यको जङ्गलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

उत्तरी क्यालिफोर्निया राज्यमा १० दिन अगाडि शुरु भएको यस डढेलोमा परी ७७ व्यक्तिको मृत्यु भएको काउन्टीका प्रहरी अधिकृत कोरी होनेआले बताएका छन् । यस विपदमा हराइरहेका व्यक्तिहरुको संख्या १२ सय भन्दा बढी भएको बताइएको थियो । तर यो संख्या ९९३ मात्र भएको जारी काउन्टी प्रहरी अधिकारीद्धारा जारी विज्ञप्तिमा जानकारी दिइएको छ ।

यस डढेलोको कारण १० हजारभन्दा बढी निजी भवन जलेका र विस्थापित भएका हजारौं मानिस अस्थायी शिविरमा छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यालिफोर्निया राज्यमा डढेलो लागेको क्षेत्रमा शनिबार भ्रमण गरेका थिए।  (रासस/एएफपी

प्रतिक्रिया दिनुहोस