सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सबै मिलेर जनताको सपना पूरा गर्नुपर्छ


प्रशासन संवाददाता

३ मंसिर २०७५, सोमबार


लहान । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जनताले विकास र समृृद्धि खोजेकाले सबै मिलेर यसको पूर्ति गर्नुपर्ने बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका–६ भेरवा खोलामा पुलको शिलान्यास गर्दै सांसद यादवले सबै दल मिलेर जनताको सपना पूरा गर्नुपर्ने बताए । चुनावको बेला आफूले जनतासँग गरेको बाचा पूरा गर्ने उनले प्रतिबद्धता व्यक्त गरे। ‘दलित, गरीब र असहायलगायतको नाममा राजनीति गरियो, तर नेतृत्वकर्ताले काम गर्न नसक्दा ती समुदाय पछि पर्दै गए,’ उनले भने ।

सिरहा क्षेत्र नं ४ बाट निर्वाचित सांसद यादवले आफ्नो क्षेत्रमा पर्ने कर्जन्हा नगरपालिकाको विकास गर्न संसदीय कोषको ५० प्रतिशतभन्दा बढी खर्च गर्न लागेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस