२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ठेकेदार सम्पर्कविहीन भएपछि पुल निर्माण अलपत्र

अ+ अ-

दमौली । तनहुँको व्यास नगरपालिका–५ साँगे र म्याग्दे गाउँपालिका–७ रानीटारी जोड्ने साँगे खोलामाथिको पुल निर्माण अलपत्र परेको छ ।

ठेकेदार सम्पर्कविहीन भएपछि ४० मिटर लामो पुलको निर्माण कार्य अलपत्र परेको हो । विसं २०७३ देखि शुरु भएको उक्त पुलको निर्माण कार्य ६ महीनादेखि ठप्प छ । पुल निर्माणको अन्तिम म्याद गत असारसम्म थियो । तर ठेकेदार भने वैशाखदेखि नै सम्पर्कमा नरहेको म्याग्दे गाउँपालिका–७ का वडा अध्यक्ष पदमराज वाग्लेले बताए ।

पुल निर्माणका लागि स्थानीय सबै प्रकारको सहयोग गर्न तयार भए पनि ठेकेदार सम्पर्कमा नआएको उनले बताए । ड्रागन हीरा एण्ड नमिता जेभीले रु ४ करोड ७ लाखको लागतमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुलको हालसम्म दुवैतर्फको पिल्लरमात्र उठेको छ । सडक डिभिजन कार्यालय दमौलीका इञ्जीनियर कर्ण केसीले पुल निर्माण कार्य सञ्चालन गर्नका लागि निर्माण व्यवसायीलाई म्याद थपका लागि पत्राचार गरिएको जानकारी दिए ।

उनले निर्माण व्यवसायीले हालसम्म पुल निर्माण सम्पन्न गर्न नसक्नुका कारणबारे कार्यालयलाई आधार पेश गरेपछि मात्र जरिवाना तिराएर म्याद थप गर्ने वा कालोसूचीमा राखेर पुनःबोलपत्र आह्वान गर्ने प्रक्रिया शुरु हुने जानकारी दिए ।

ढिलाइप्रति सांसदको चासो

यसैबीच पुल निर्माणमा ढिलाइ भएको गुनासो आएपछि तनहुँ निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् । सांसद सिग्देलले पुलको निरीक्षण गर्दै विकासमा निर्माणमा कुनै पनि बहानामा ढिलाइ गर्न नहुने र उक्त पुल प्रदेश सरकारको जिम्मेवारीमा रहेकाले बजेट अभाव नहुने आश्वासनसमेत दिए।

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले निर्माण व्यवसायीको केही कमजोरीका कारण पुल निर्माणमा ढिलाइ भएको भन्दै अब धमाधम काम शुरु हुने बताए ।  उनले वर्षा अगाडि नै पुलको ढलान गरिसक्नेसमेत बताए । रासस