२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हरियो पत्ती चियाको मूल्य निर्धारण नहुँदा समस्या

अ+ अ-

इलाम । यसक्षेत्रमा खेती शुरु भएको २०० वर्षभन्दा बढी भए पनि चिया क्षेत्र भने अझै व्यवस्थित बन्न सकेको छैन ।

विशेषगरी सरकारी क्षेत्रबाट चियामा सहयोग राम्रो नभएको, मूल्यमा एकरुपता नभएको र अर्गानिक चियाको माग बढेपनि त्यसको लागि आपूर्तिको उचित व्यवस्था हुन नसक्दा हाल चियामा बढी समस्या देखिएको छ । सरकारले चियाको बजारीकरणको राम्रो व्यवस्था नगरिदिँदा चिया निकासी हुन नसकेको चिया उद्यमीको गुनासो छ ।

राम्रो उत्पादन भएको मौसममा भाउ नआउने र मूल्य निर्धारणमा समेत एकरुपता नहुनाले बढी समस्या भएको ग्रीन हिल अर्थोडक्स चिया प्रशोधन उद्योग साखेजुङका टंक दाहाल बताए । ‘मार्केट हेरेर मात्र हाम्रो उत्पादनको मूल्य निर्धारण गरिन्छ । कसरी त्यसो भएपछि चियाको उचित मूल्य पाइन्छ’, दाहालले भने, ‘यति मात्र होइन उद्योग सञ्चालन गरेको समयमा बत्ती पनि हुँदैन ।

सरकारले चियाको हरियो पत्तीको मूल्य तोकिदिन सकेको छैन । त्यही कारण मूल्यमा एकरुपता नभएकाले चिया उद्योगैपिच्छे फरकफरक मूल्यमा चिया बिक्री हुने गरेको छ । भारतले छोटो समयमा नै हरियो पत्तीको मूल्यमा परिवर्तन गरिदिनाले आफ्नो उत्पादन कतिमा बिक्री हुन्छ भन्ने पनि अन्योलता देखिएको छ । सरकार समक्ष पटकपटक आग्रह गर्दा समेत चियाको मूल्य निर्धारण हुन नसक्दा कम मूल्यमा बेच्नुपर्ने गरेको सहकारी संस्थाका विष्णुप्रसाद दुलालले बताए ।

यस्तै पछिल्लो समय श्रमिकलाई ऐनअनुसार चिया उद्योगले ज्याला नदिएका कारण समस्या आउन थालेको छ । केही समयअघि मात्र सरकारले श्रम ऐन संशोधन गरेर श्रमिकको पारिश्रमिकसमेत बढाएको छ । तर उद्योगले दिने पारिश्रमिकको भने कुनै सङ्घसंस्थाले अनुगमन नगर्दा धेरैजसो श्रमिक ज्यालाबाट ठगिने गरेका छन् ।

विकल्प नभएपछि काममा जानुपर्ने तर कामभन्दा पनि मानिस हेरेर ज्याला दिने कारण अधिकांश श्रमिकले उचित पारिश्रमिकसमेत नपाउने गरेको उज्यालो कृषि सहकारी संस्थाका विष्णुप्रसाद दुलालको भनाइ छ । इलाममा करीब ४ करोड ५ लाख किलो चिया उत्पादन हुने गरेको छ । नेपालका ७७ जिल्लामध्ये १४ जिल्लामा व्यावसायिक चियाखेती हुने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ ।