चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहद्वारा आगजनी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चन्दननाथ नगरपालिकाको गाडीमा अज्ञात समूहद्वारा आगजनी


प्रशासन संवाददाता

२ मंसिर २०७५, आइतबार


सिंजा । चन्दननाथ नगरपालिकाको गाडी अज्ञात समूहले जलाएका छन्।

चन्दननाथ नगरपालिकाको प्रांगणमा राखिएको क१ झ १ नंको गाडी राति एक बजे जलाएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ। राति करिब १ बजे नगरपालिकाका पाले बिष्णुप्रसाद न्यौपानेले गाडी आगलागी भएको थाहा पाएको र सबैलाई जानकारी गराएको बताए। घटनापछि टोलमा आफू कराएपछि सबै जम्मा भएर आगो निभाउने प्रयास गर्यौ, पछि प्रहरी र सेना आएर आगो निभायो, उनले बताए।

गाडीको माथिल्लो भाग पुरै जलेको छ। जलेको गाडी ४० लाख बराबरको भएको निमित्त प्रशासकीय अधिकृत ज्ञानेन्द्र बुढ्थापाले जनाए। नगरपालिकाका प्रमुख र प्रमुख प्रशासकीय अधिकृत रारा भ्रमणमा गएको नगरपालिकाले जनाएको छ। यता जिल्लाको गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड गरी कम्प्युटरसहित इलेक्ट्रोनिक सामग्रीहरु नष्ट गरिएका छन्।

डिजिटल गाउँपालिकाको रुपमा लाखौंका सामग्री नष्ट भएको प्रमुख प्रशासकीय अधिकृत केशवप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार गाउँपालिका आगजनी गर्ने प्रयास गरिएको तर सफल नभएको जस्तो छ। केही महत्वपूर्ण कागजातहरु समेत जलाएका छन् उनले बताए। यसैगरी गाउँपालिकामा जडान गरिएको सिसी क्यामेरा चुडेर फालिएको छ।

घटनास्थलको वास्तविक अवस्था बुझ्न आफू गुठचौर पुगेको प्रहरी नायब उपरीक्षक सीताराम रिजालले जानकारी दिए। यता घटनाको विवरणसहित अनुसन्धान सुरु भएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले जानकारी दिए। रासस

प्रतिक्रिया दिनुहोस