इन्टरपोल महासभामा भाग लिन आईजीपी खनाल दुबई प्रस्थान,निमित्तको जिम्मेवारी पुष्कर कार्कीलाई « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

इन्टरपोल महासभामा भाग लिन आईजीपी खनाल दुबई प्रस्थान,निमित्तको जिम्मेवारी पुष्कर कार्कीलाई


प्रशासन विशेष ब्युरो

१ मंसिर २०७५, शनिबार


इन्टरपोल

काठमाडौँ । प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनाल अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को ८७ औँ महासभामा सहभागी हुन शुक्रवार राति दुबई प्रस्थान गरेका छन् ।

महासभामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान व्युरोका निर्देशक प्रहरी नायव महानिरीक्षक नीरजबहादुर शाही र प्रहरी प्रधान कार्यालय, इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक उमेशराज जोशी पनि सहभागी रहेको छन् ।

प्रहरी महानिरीक्षक खनालको अनुपस्थितिमा प्रदैनिक प्रशासनिक कामकाजको जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक पुष्कर कार्कीले गर्नेछन् ।

१ सय ९२ देशका प्रतिनिधिहरू सहभागी हुने महासभाले इन्टरपोलको नयाँ नेतृत्व चयन गर्ने छ । तत्कालीन इन्टर पोल प्रमुख मेङ हङवेइले पदबाट राजीनामा दिएसँगै खाली छ । इन्टरपोलको प्रमुख र तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरू चयनका लागि महासभामा भोटिङ हुने छ ।

महासभामा इन्टरपोल सदस्यताको लागि यस वर्ष गणतन्त्र कोसोभो, भानुआतु र केरिबाटी गरी ३ मुलुकले आवेदन दिएका छन् ।

महासभामा इन्टरपोल तथ्यांक प्रशोधनको आवश्यकता, सन् २०१७ को बजेट सम्बन्धी बाहृय लेखा परीक्षकको प्रतिवेदन, सन् २०१९ का कार्यक्रम तथा खर्च बजेट सम्बन्धी प्रस्ताव, आतङ्कवाद र आतङ्ककारी क्रियाकलापमा लगानी, साइबर अपराध, मानव बेचबिखन जस्ता विषयमा सङ्कल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम समेत छ ।

यसैगरी यस वर्ष कर्तव्यको सिलसिलामा मृत्युवरण गरी अमरत्व प्राप्त गर्ने प्रहरी कर्मचारीहरूको सम्मान गर्ने प्रस्ताव पनि रहेको प्रहरी प्रधान कार्यालय नक्सालले जनाएको छ ।

प्रहरी महानिरीक्षक खनाल आगामी ८ गते स्वदेश फर्किने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस