राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रिय गौरवका आयोजना स्थानीय तहले अनुगमन गर्नुपर्छ : नेता शर्मा


प्रशासन संवाददाता

३० कार्तिक २०७५, शुक्रबार


बागलुङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा जोड दिएका छन् ।

मध्यपहाडी लोकमार्गको अनुगमनका क्रममा बागलुङ आएका उनले राष्ट्रिय गौरवका आयोजनाले पहिलो फाइदा स्थानीय तहलाई हुने भएकाले आफ्नो क्षेत्रभित्र पर्ने आयोजनाहरु अनुगमन गर्न सुझाव दिएका हुन् ।

नेकपा बागलुङका नेता तथा जनप्रतिनिधिसँगको छलफलमा नेता शर्माले राष्ट्रिय गौरवका आयोजना कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले बागलुङ जिल्लालाई समृद्ध बनाउन ठूलो भूमिका निर्वाह गर्ने भएकाले सरकारले बजेट अभाव हुन नदिने र छिटो काम नसक्ने ठेकेदारलाई सरकारले कारवाही गर्न पछि नहट्ने बताएका थिए ।

बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, नेकपा बागलुङका नेता तथा कार्यकर्ताहरुले लोकमार्गको बागलुङ–बिहुँखण्ड छिटो कालोपत्रे गर्नका लागि पहल गरिदिन नेता शर्मासँग आग्रह गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस