मन्त्रिपरिषद् निर्णय अबदेखि प्रत्येक विहिबार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मन्त्रिपरिषद् निर्णय अबदेखि प्रत्येक विहिबार


प्रशासन विशेष ब्युरो

२९ कार्तिक २०७५, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषदका निर्णय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न सुरु गरिएको छ ।

कार्तिक २५ गते भएको निर्णयहरु सार्वजनिक गर्दै अवदेखि सरकारका हरेक निर्णयहरु साताव्यापीरुपमा मात्रै सार्वजनिक गर्ने भएको हो ।

जनतामा परिवक्व सूचना प्रवाह गराउने उद्देश्यले पत्रकार सम्मेलनबाट मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न लागिएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए ।

उनका अनुसार सरकारको निर्णय सार्वजनिक गर्न हरेक साता एक पटक पत्रकार सम्मेलन आयोजना गरिनेछ। तर, प्रवक्ताको समय तलमाथि पर्ने भएकोले यही र यत्ति बेला नै भनेर एकीन गर्न नसक्ने मन्त्री बाँस्कोटाले बताए ।

सरकारका प्रवक्त्ता बाँस्कोटाले भने– ‘सरकारको निर्णय परिपक्व हुन २४ घण्टा लाग्छ, त्यसअघि नै निर्णय सार्वजनिक गर्दा प्रस्ताव पेश गर्ने मन्त्रालयले फिर्ता लिन वा संशोधन गर्नुपर्ने भएमा सो मौका सरकारले गुमाउने भएकोले गलत म्यासेज नजाओस् भन्रका लागि नै यस्तो व्यवस्था गरिएको हो।’

मन्त्री बाँस्कोटाले सरकारको समाचार लुकाउने ध्येय नभएको प्रष्ट पारे। कतिपय भएका वा नभएका निर्णय पनि सञ्चार माध्यमबाट बाहिर आएकोले व्यवस्थित गर्न नै पत्रकार सम्मेलन राखिएको उनले बताए।

उनले आगामी पत्रकार सम्मेलनमा इलेक्ट्रोनिक कपी र फोटोकपीसँगै अडियो, भिडियोसमेत दिने तयारीमा रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस