२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अधिकांश जलविद्युत् कम्पनीका शेयर आधारभूत मूल्यमै

अ+ अ-

काठमाडौं । कुनै समय शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षक मानिएको जलविद्युत् कम्पनीका शेयर बजार घटेसँगै नराम्ररी ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएका २१ जलविद्युत् कम्पनीमध्ये तीन कम्पनीको मात्रै शेयर मूल्य रु २०० माथि रहेको छ । केही कम्पनीको शेयर त आधारभूत मूल्यभन्दा पनि तल पुगेका छन् । शेयर बजार निरन्तर ओरालो लाग्दा त्यसको प्रभाव जलविद्युत् कम्पनीका शेयरमा समेत परेको छ । राम्रो भनिएका र ठानिएका कम्पनीको शेयरसमेत आधारभूत मूल्यको हाराहारीमा रहँदा त्यसले लगानीकर्तालाई नकारात्मक प्रभाव पारेको छ ।

कुनै समय जलविद्युत् कम्पनीको शेयर लगानीकर्ताका लागि प्रमुख आकर्षणको थलो रहँदै आएको थियो । लामो समयदेखि ओरालो लागेको नेशनल हाइड्रोपावर कम्पनीको बजारमा प्रतिकित्ता शेयर ७७ मा खरीद बिक्री भएको छ । बुधबार सो कम्पनीको शेयर आधारभूत मूल्यभन्दा २३ कममा खरीद बिक्री भएको छ । यस्तै दिव्यश्वेरी हाइड्रोपावर कम्पनीको शेयरसमेत आधारभूत मूल्यभन्दा कममा खरीद बिक्री भएको छ । सो कम्पनीको प्रतिकित्ता शेयर ९७ मा खरीद बिक्री भएको स्टकको तथ्याङ्कले देखाएको छ ।

घट्दो बजारको प्रभाव खानीखोला हाइड्रोपावर कम्पनीलाई समेत परेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता ९७ मा कारोवार भएको छ । आधारभूत मूल्यभन्दा तल झरेको सो कम्पनीको शेयरमा लगानी गर्ने लगानीकर्तालाई नकारात्मक प्रभाव परेको छ । चिलिमे जलविद्युत् कम्पनीको शेयरबाहेक अरु जलविद्युत् कम्पनीको अवस्था खराब रहेको नेप्सेको तथ्याङ्कले देखाउँछ ।

सरकारी स्वामित्वको चिलिमे कम्पनीको शेयर प्रतिकित्ता ६८८ मा कारोवार भएको छ । कुनै समय चिलिमे जलविद्युत् कम्पनीको शेयरमा पनि लगानीकर्ताको उल्लेख्य चासो रहने गर्दथ्यो । पछिल्लो दिनमा सो कम्पनीको शेयरमा समेत उच्च गिरावट आएको छ ।

स्टकका अनुसार अरुण काबेली जलविद्युत् कम्पनीको शेयर २१२, अरुण भ्याली हाइड्रोपावर कम्पनीको १२६, बरुण हाइड्रोपावर कम्पनीको शेयर १२१ मा खरीद बिक्री भएको छ । ५०१ मा थप सार्वजनिक निष्काशन गरेको बुटवल पावर कम्पनीको शेयरसमेत घटेको छ । सो कम्पनीको शेयर प्रतिकित्ता ४६० मा खरीद बिक्री भएको छ । शेयर बजार ओरालो लाग्दा त्यसको प्रभाव छ्याङ्दी हाइड्रोपावरको शेयर १०८, कालिका पावर ११३, नेपाल हाइड्रो डेभलपर्स १२० मा खरीद बिक्री भएको छ । हिमालयन पावर पार्टनर २०५, ङादी ग्रुप पावर २९, पञ्चकञ्या माई १२३, राधी विद्युत् कम्पनी १८० र रैराङ हाइड्रोपावरको शेयर प्रतिकित्ता १११ मा खरीद बिक्री भएको छ ।

यस्तै रिडी हाइड्रोपावरको शेयर १०५, सिनर्जी पावर डेभलपर्स १०० र युनाइटेड मोदीको प्रतिकित्ता १४३ मा खरीद बिक्री भएको छ । नेप्सेमा सूचीकृत सानिमा माई जलविद्युत् कम्पनीको कुनै तथ्याङ्क देखिएको छैन । धितोपत्र बोर्डमा १५ जलविद्युत् कम्पनीले साधारण शेयर बिक्रीको तयारी गरिरहँदा दोस्रो बजारमा भने जलविद्युत् कम्पनीका शेयर निरन्तर ओरालो लागिरहेको छ । कात्तिक १६ गतेदेखि १९ गतेसम्म माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीले एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री ग¥यो भने बुधबारदेखि मध्य भोटेकोशी जलविद्युत् कम्पनीले एक अर्ब ४४ करोड बराबरको सीमित साधारण शेयर बिक्री शुरु गरेको छ । रासस