बस दुर्घटना, १६ घाइते « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बस दुर्घटना, १६ घाइते


२९ कार्तिक २०७५, बिहिबार


बस दुर्घटना

नवलपरासी । नवलपरासीको कावासोतीमा आज बिहान ३ बजे बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

दाङबाट काठमाडौैैैका लागि छुटेको ना६ख ६३०१ नं.को बस अनियन्त्रित भई पल्टेको थियो ।

दुर्घटनामा परेका घाइतेमध्ये १२ जनाको कावासोतीस्थित कालीगण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

गम्भीर घाइते दाङ सतवरीया–८ की २६ वर्षीया पुजा तामाङ, लमही–९ की ३० वर्षीया कल्पना बुढामगर, देउखुरीकी ४७ वर्षीया रामदुल्ली चौधरी र देउखुरी–६ की ५० वर्षीया प्रदेसु चौधरीको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बसमा ४५ यात्रु सवार रहेको नवलपरासी जिल्ला प्रहरी कार्यालय पूर्वका प्रहरी नायव उपरीक्षक लीलाराज लामिछानेले बताए। रासस

Tags :
प्रतिक्रिया दिनुहोस