तीन विद्यालयलाई कम्प्युटर सहयोग « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन विद्यालयलाई कम्प्युटर सहयोग


प्रशासन संवाददाता

२८ कार्तिक २०७५, बुधबार


लेखनाथ । कामना सेवा विकास बैंक लि.ले आफ्नो सेवा आरम्भको १२औँ वार्षिकोत्सको अवसरमा तीन विद्यालयलाई कम्प्युटर सहयोग प्रदान गरेको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत पोखरा–२७ अर्चले स्थित कविशिरोमणि लेखनाथ आधारभूत विद्यालय, सोही वडाको रिठ्ठेपानीमा रहेको कल्याण आधारभूत विद्यालय र पोखरा–३ नदीपुरमा रहेको बेद विद्याश्रमलाई एक/एक थान कम्प्युटर सहयोग गरेको हो ।

बैंकका निर्देशक चतुराखर अधिकारी, सञ्चालक समितिका सदस्य देवकृष्ण काफले र बलराम बरालले संयुक्तरुपमा तीन विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष एवं प्रधानाध्यापकलाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस