सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदमुक्त « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुदूरपश्चिमका सामाजिक विकासमन्त्री सोडारी पदमुक्त


प्रशासन संवाददाता

२७ कार्तिक २०७५, मंगलबार


काठमाडौं । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त भएका छन् । उनलाई आन्तरिक विवादका कारण पदमुक्त गरिएको जनाइएको छ।

तिहारका बेला मन्त्रीको गाडी दुर्घटना सम्बन्धी प्रकरणमा मुछिएपछि मन्त्री सोडारीलाई प्रदेशको मन्त्रीपरिषद् तथा मुख्यमन्त्री कार्यालयले हटाएको हो । नेकपा सुदूरपश्चिम प्रदेशका इन्चार्ज भीम राव, अध्यक्ष कर्ण थापा लगायतको बैठकले उनलाई पदमुक्त गर्ने निर्णय गरको हो।

मन्त्रीले प्रयोग गर्ने गाडी दुर्घटना भएको प्रकरणका कारण पार्टीको निर्देशनमा सोडारीलाई मन्त्रीबाट हटाइएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)  स्रोतले जनाएको छ ।

उनी पदमुक्त भएसँगै मुख्यमन्त्री भट्टले आजै मन्त्रिपरिषद् बैठक विस्तार गर्ने तयारी गरेका छन्। सोडारीले आचारण विपरितको काम गरेको आरोप नेकपाले लगाएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस