२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लोप हुँदै परम्परागत पञ्चेबाजा

अ+ अ-

बेझाड ।  युवापुस्ताले चासो नदिँदा परम्परागत रूपमा चलनचल्तिमा आएको पञ्चेबाजा बजाउने प्रचलन लोप हुँदै गएको छ ।

विवाह–ब्रतबन्ध तथा शुभकार्यमा बजाइने पञ्चेबाजा रामपुर क्षेत्रमा अहिले लोपोन्मुख अवस्थामा छ । परियार समुदायले बजाउँदै आएको पञ्चेबाजा नयाँ पुस्तामा सीप हस्तान्तरण नभएका कारण लोप हुँदै गएको छ । पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । बाउबाजेको पेशा र सीपलाई पछिल्लो पुस्ताले अवलम्बन नगर्दा संस्कृति नै हराउन थालेको रामपुर नगरपालिका–६ विजयपुरका ८२ वर्षीय हुमबहादुर दर्जी बताउछन् । जानेबुझेदेखि नै पञ्चेबाजा बजाउन थालेपनि उमेर ढल्केपछि बजाउन छाडेको बताए ।

विवाह, गाउँघरमा हुने विभिन्न शुभकार्य तथा सांस्कृतिक कार्यक्रममा तीन दिनसम्म लगातार बाजा बजाएर समय बिताएको दर्जी बताउछन् । पुरानो कला–संस्कृति हराउन थालेकामा उनले चिन्ता व्यक्त गरे ।’नौमती पञ्चेबाजा हिजोआज समुदायबाटै लोप हुन थालेको छ’, दर्जीले भने, कला–संस्कृति लोप हुँदै जाँदा पहिचान नै मेटिन थालेको छ’, उनले भने ।

दर्जीलाई पञ्चेबाजा बजाउन सानैदेखि साथ दिँदै आउनुभएका रामबहादुर दमैले भने अहिले संस्कृतिलाई निरन्तरता दिनका लागि मगर तथा अन्य समुदायका व्यक्तिसँग मिलेर बाँजा बजाउने गरेको बताउनुहुन्छ । उनले भने, “रामपुर क्षेत्रकै प्रख्यात विजयपुरको पञ्चेबाजा समूह भनेर चिनिने गथ्र्यो । अहिले बाजा बजाउने व्यक्ति नै छैनन्’, दमैले भने, ‘जसोतसो गरेर भए पनि बाँचुञ्जेलसम्म संस्कृतिलाई निरन्तरता दिनका लागि फरक समुदायसँग गएर बेलाबेलामा बाजा बजाउने गरेको छु ।’,

दमैले सनाइ, ट्याम्को, झुर्मा, ढोलक, नरसिंहा, कर्नाल र विकुल बजाउनुहुन्छ । परियार समुदायमा पहिले एउटा समूहमा १० जनाभन्दा बढी बाजा बजाउनेको संलग्नता हुने गरेकामा अहिले दुई जनामा मात्र सीमित रहेको छ । परियार समुदायको युवापुस्ता भने प्रतिष्ठा, पारिश्रमिक र स्थानीयस्तरमा पञ्चेबाजा बजाएर भोलिको भविष्य नभएका कारण संस्कृतिलाई निरन्तरता दिन नसकिएको बताउँछन् । बिर्खबहादुर दर्जी आफ्ना बाउबाजेले पञ्चेबाजा बजाएर जीवन बिताए पनि आफू भने यस कार्यमा सरीक नभएको बताउछन् । ‘बाजा बजाएर मात्र जीवन गुजारा सम्भव छैन,’ उनले भने ।

विजयपुरकै गङ्गाबहादुर परियार पनि निकै उत्साहित भएर पञ्चेबाजा बजाउनने गर्थे । बाजा बजाएर परिवारको गुजारा नचल्ने भएपछि उनी १० वर्षयता सिलाइकटाइ गर्थे । उनी बाजा बजाउन निकै सिपालु थिए । कला र सीप स्थानीयस्तरमा मात्र सीमित रहँदा बाजा बजाउनै छाडेको परियारले बताए । पछिल्लो समय परियार जातिले मात्र नभई मगर तथा अन्य समुदायले समेत पञ्चेबाजा बजाउने गरेको छ । गाउँघरमा पहिलेजस्तो पञ्चेबाजाप्रति त्यति आकर्षण देखिँदैन । जातिय पहिचान बोकेको कला–संस्कृतिको संरक्षण नहुँदा अस्तित्व नै मेटिन थालेको छ । यस्ता चलनचल्तीमा आएका कला–संस्कृति जगेर्ना गर्न सम्बन्धित निकायले ध्यान दिनु जरुरी छ ।