अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल डुबे तातोपानीमा ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल डुबे तातोपानीमा !


प्रशासन विशेष ब्युरो

२६ कार्तिक २०७५, सोमबार


तातोपानी

काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल तातोपानीमा नुहाउन म्याग्दी पुगेका छन् ।

चिकित्सकको सल्लाहमा जीवन संगिनी सीता दाहालको उपचारको क्रममा अध्यक्ष दाहाल परिवारसहित तातोपानी नुहाउन म्याग्दी पुगेको प्रचण्डको नीजि सचिवालयले जनाएको छ ।

प्रचण्डपत्नी सीतासँगै छोरी गंगा दाहाल र स्वकीय सचिव जोखबहादुर महरा पनि तातोपानी पुगेका छन् ।

प्रचण्ड परिवारसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उनकी जीवन संगिनी नैनकला थापा पनि तातोपानी तातोपानी पुगेका छन् । नेपाली सेनाको हेलिकप्टरमार्फत् बिहान ११ बजेट अर्थुङ्गेस्थित श्रीबक्स गुल्ममा अवतरण गरेका दाहाल र थापा परिवारसहित दिउँसो २ बजे गाडीमार्फत् तातोपानी पुगेका थिए ।

प्राकृतिक चिकित्सालयको रुपमा प्रसिद्ध बेनीनगरपालिका–४ स्थित तातोपानी कुण्डमा स्नान गर्दा छाला, नशा, ग्याष्ट्रिक, वाथ लगायत रोगका विरामीलाई फाइदा पुग्ने जनविश्वासमा मानिसहरु तातोपानीमा नुहाउन आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस