नेपाली सेनाका सबै युनिट ‘लेसपेपर’ « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

नेपाली सेनाका सबै युनिट ‘लेसपेपर’


प्रशासन विशेष ब्युरो

२६ कार्तिक २०७५, सोमबार


लेसपेपर

काठमाडौं । नेपाली सेनाले देशभरका सबै युनिटमा ‘लेसपेपर’ अवधारणा लागू गर्ने भएको छ । जंगी अड्डामा लागू गरिएको लेसपेपर अवधारणा प्रभावकारी बनेपछि सेनाले देशभरका सबै युनिट लेसपेपर बनाउन लागेको हो ।

‘नेपाली सेनाले तल्लो तहसम्म डिजिटाइजेसनमार्फत लेसपेपर अवधारणा लागू गर्ने नीति बनाएको छ,’ सैनिक प्रवक्ता गोकुल भण्डारीले भने, ‘देशभरका पृतनासँगै सुदूरपश्चिम पृतनाअन्तर्गतका बाहिनी, गण, गुल्म तथा युनिटहरू डिजिटाइजेसन हुँदैछन् ।’

यसअघि सेनाले जंगी अड्डामा यो अवधारणा लागू गरेको थियो । जंगी अड्डामा यो अवधारणा प्रभावकारी देखिएको प्रवक्ता भण्डारीले बताए । उनका अनुसार लेसपेपर अवधारणा लागू भएपछि कागजको प्रयोग घटेको र दैनिक काम कारवाहीमा समेत चुस्तता आएको छ । अहिले जंगी अड्डाका महत्वपूर्ण दस्तावेजबाहेकका सबै काम डिजिटल प्रविधिबाट हुने गरेको उनले बताए ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको संगठन सुधार गर्ने लक्ष्यअनुसार यो अवधारणा लागू गरिएको उनले जानकारी दिए । नेपाली सेना रक्षा मन्त्रालयसँग डिजिटल माध्यमबाट जोड्न पहल भइरहेको सेनाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस