२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मिथिलाञ्चलमा आजदेखि सामाचकेवा पर्व शुरु

अ+ अ-

गौशाला । मिथिलाञ्चलमा दाजुभाइ तथा दिदीबहिनीको प्रेमको प्रतीक मानिएको सामाचकेवा पर्व आजदेखि शुरु भएको छ । सामाचकेवा पर्व आज पञ्चमीदेखि शुरु भई दश दिनसम्म चल्नेछ भने एघारौँ दिन पूर्णिमाका दिनमा राति सामाचकेवाको विसर्जन गरी यो पर्वको समापन हुनेछ ।

दश दिनसम्म मिथिलाञ्चलकी दिदीबहिनी, छोरीबुहारी तथा महिलाले आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै सामा चकेवा खेल्नेछन् । आजको दिन बिहानै मिथिलाञ्चलकी दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँको खेत तथा भिरमा गएर सामा चकेवा बनाउनका लागि दाजुभाइको हातबाट माटो खनेर ल्याएका छन् भने सो माटोलाई गिलो पारी विभिन्न प्रकारका कलात्मक सामाचकेवा बनाएका छन् ।

सामाचकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ भरेर सामाचकेवा रङ्गीचङ्गी बनाउने छन् । रङ्गीसकेको सामाचकेवा रातिका बेला रातो रङको बाँसको डालामा राखेर दियो बाली गाउँका प्रत्येक चोक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक स्कूल, धर्मशाला, मन्दिर र छठ घाटमा समेत लगेर १० दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामाचकेवा खेल्नेछन् ।

समूहगतरुपमा चेलीबेटी तथा छोरीबुहारी यस्तो गीत गाउँछन् :

‘गामके अधिकारी तोहे बरका भैया हो,
भैया हात दश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिए’
सामाचको सामचको ऐहा हो, ऐहा हो, गुँढ खेतमे भसिया हो”

दश दिनसम्म सामाचकेवा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामाचकेवालाई पुनःबनाउने रङरोगन गर्ने दिनभरि सुकाएर बेलुका सामाचकेवालाई दहीचिउरा खुवाएर सोही सामाचकेवाबाट दाजुभाइको फाँर भराउने तथा दाजुभाइबाट सामाचकेवा फुटाउन लगाएर सामाचकेवालाई बाजागाजा, गीतनादका साथ दिदीबहिनीले गाउँको वनमा जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।

मिथिलाञ्चलकी हरेक दिदीबहिनीले सामाचकेवा पर्वलाई निक्कै मन पराउँछन् भने सामाचकेवा पर्वका बेला सबैले माइतीमा गएर यो पर्व मनाउने इच्छा राख्दछन् । सोहीअनुरुप यस पर्वमा टाढाटाढाबाट दिदीबहिनी सामाचकेवा खेल्नका लागि आ–आफ्ना माइतीमा जाने गर्दछन् । मिथिलाञ्चलका विभिन्न पर्वमध्ये भाइबहिनीको प्रेमको प्रतीक मानिएका सामाचकेवा पर्व दाजुभाइ तथा दिदीबहिनी हुनेका लागि निक्कै महत्वपूर्ण मानिन्छ ।

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोल छिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यस पर्वलाई मनाउने गर्दछन् । सामाचकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप तराईको महोत्तरी, सर्लाही, सिरहा, धनुषा, सप्तरी, बारा, पर्सालगायत सीमावर्ती भारतीय जिल्लामा यो पर्व लोकप्रिय रहेको छ भने हर्षोल्लासका साथ यी ठाउँमा यो पर्व मनाउने गर्दछन् ।

मिथिलाञ्चलमा छठ पर्वको सन्ध्याकालीन अर्घ्य दिनुभन्दा एक दिनपूर्व आजदेखि सामाचकेवा पर्वको आगमन हुन्छ भने छठको तयारीसँगै यस पर्वका लागि पनि दिदीबहिनीले जोरजाम गर्ने गर्दछन् । यस पर्वमा स–साना नानी बढी उत्साहित रहने गर्दछन् भने बूढी आइमाइलेसमेत यस पर्वको रमझममा आफूलाई रमाउन खोजेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस