२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जाडोसँगै निमोनियाको जोखिम बढ्दै

अ+ अ-

चितवन । शहरीकरणसँगै बढ्दै गएको धुलो, धुँवाका कारण निमोनियाको जोखिम बढ्दै गएको छ ।

फोक्सोमा हुने संक्रमण निमोनिया हो । चिकित्सकहरुको भनाइमा ब्याक्टेरिया, भाइरस, फङ्गस, प्रोटोजोवालगायतले फोक्सोमा संक्रमण भई निमोनिया हुने गर्दछ । वीर अस्पताल काठमाडौंका वरिष्ठ छाती रोग विशेषज्ञ डा.अषेश ढुङ्गानाका अनुसार एक दिनमा ११ हजार लिटर हावा फोक्सोले प्रशोधन गर्ने गर्दछ । हावाको माध्यमबाट फोक्सोमा प्रवेश गर्ने धुलो, धुँवा र किटाणुले फोक्सो संक्रमित भई निमोनिया हुने गर्दछ । समुदायमा हुने र अस्पतालमा भर्ना भएपछि हुने निमोनिया दुई प्रकारका हुने गर्दछन् ।

अस्पतालजन्य निमोनिया निकै जोखिमपूर्ण हुने चिकित्सकको भनाइ छ । ढुङ्गानाको भनाइमा अस्पतालमा एक बिरामी र अर्को बिरामी हेर्दा हातको सरसफाइ गर्न सकेमा मात्रै पनि धेरै हदसम्म जोखिम कम गर्न सकिन्छ । चितवन मेडिकल कलेजका वरिष्ठ छाती रोग विशेषज्ञ डा. शितल अधिकारी रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई निमोनियाको जोखिम उच्च हुने बताउँछन् । मिर्गौला प्रत्यारोपण, मिर्गौलाको समस्या भएका, मधुमेह, एचआइभी संक्रमितजस्ता व्यक्तिमा फङ्गसका कारण पनि निमोनिया हुन सक्ने उनको भनाइ छ ।

ज्वारो आउने, छाती दुख्ने, खोकी लाग्नेजस्ता लक्षण नभए पनि वृद्धहरुमा खाना नरुच्ने र चक्कर लाग्दा पनि निमोनियाको लक्षण देखा पर्न सक्ने उनले बताए । ब्याक्टेरियाले भएको निमोनियाको ‘एन्टिबायोटिक’ औषधि रहे पनि उचित प्रयोग गर्न नसकेमा जोखिम हुने अधिकारी बताउछन् । भाइरस निमोनियाको भने केहीको मात्रै एन्टिभाइरल औषधि रहेको उनको भनाइ छ ।

तर पनि ६५ वर्ष नाघेका वृद्ध, मधुमेह भएका, मुटु, मिर्गौला र कलेजेको समस्या भएकालाई यो कडा हुने अधिकारीले बताए । जाडो बढेसँगै मौसमी रुघाखोकी फैलने सम्भावना बढी हुने गर्दछ । उनले भने, ‘सबैले निमोनिया गर्दैन, तर गर्भवती महिला, बच्चा, मधुमेहका बिरामी, वृद्ध, मदिरा सेवन गर्ने व्यक्तिमा निमोनिया हुने सम्भावना बढी हुन्छ ।’

भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेष डा. युवानिधि बसौला पाँच वर्षमुनिका बच्चा निमोनियाको उच्च जोखिममा रहने बताउछन् । यो उमेरमा मृत्यु हुने पाँच बच्चामध्ये एक निमोनियाको कारण मृत्यु हुने गर्दछन् । बाल मृत्युको प्रमुख कारण निमोनिया रहेको चिकित्सकको भनाइ छ । बच्चालाई घरभित्रको धुँवाधुलोमा नराख्न, भीडभाडमा नलैजान, बच्चाको छेउमा बसेर चुरोट नपिउन, कुपोषणबाट बचाउन, आमाको दूध खुवाउन, झोलिलो पदार्थ खुवाउन र नियमित खोप लगाउन डा. बसौला सुझाव दिए ।

एचआइभी संक्रमित र दादुरा भएका बच्चामा उच्च जोखिम हुने भएकाले नियमित औषधि प्रयोग गरेर रोगबाट बच्नुपर्ने उनले बताए । बच्चालाई न्यानोमा राख्न, हात धोएर मात्रै खाना खुवाउन, तातोपानी, तुलसी पानी खुवाउन र छ महीनापछिको बच्चालाई अतिरिक्त खाना नियमित खुवाउनुपर्ने उनको भनाइ छ ।

निमोनिया भएमा शुरुमा खोकी लाग्ने, नाकबाट सिङ्गान बग्ने र हल्का ज्वरो आएर साधारण रुघाखोकी लाग्ने र पछि छिटोछिटो श्वास फेर्ने गाह्रो हुने (कोखा हान्ने) गर्दछ । कडा किसिमको निमोनियामा उच्च ज्वरो आउने भन्दै यस्ता लक्षण भएमा तत्काल स्वास्थ्य संस्थामा लैजान डा. बसौलाले सुझाव दिए ।

कडा खालको निमोनिया भएका बालबालिकाले खान र पिउन नसक्ने, सुस्त वा बेहोस हुने, आमाको दूध चुस्न नसक्ने हुन्छ र कसैकसैमा श्वास फेर्दा अस्वाभाविक आवाजसमेत आउने गर्दछ । यस्तो बेला स्वास्थ्यकर्मीहरुले उपचारमा विशेष ध्यान दिनुपर्ने विज्ञहरु बताउँछन् । वरिष्ठ छाती रोग विशेषज्ञ अधिकारी जथाभावी एन्टिबायोटिकको प्रयोगले पहिले प्रभावकारी देखिएका औषधि हाल प्रभावहीन बन्दै गएको बताउछन् ।

सामान्य अवस्थामा एन्टिबायोटिकको प्रयोग नगर्न उनले सुझाव दिए । सन् २००९ बाट संसारभर नोभेम्बर १२ का दिन विश्व निमोनिया दिवस मनाइन्छ । दिवसको यस वर्षको नारा निमोनियालाई रोकौँ रहेको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार संसारभर हरेक वर्ष पाँच वर्षमुनिका १६ लाख बालबालिकाको मृत्यु निमोनियाले गर्दा हुन्छ । नेपालमा पाँच वर्षमुनिका ३५ लाख बालबालिकामध्ये पाँच हजार ६०० जनाको मृत्यु हुन्छ ।