२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

च्याउ उत्पादनतर्फ महिलाको आकर्षण

अ+ अ-

घोराही । पहिले घरमै खानका लागि च्याउ खेती गर्दै आएकी धनमाया बुढाले अहिले व्यावसायीक रुपमा च्याउ खेती गर्न थालेकी छिन् ।

पर्याप्त आम्दानी गर्न सकिने भएपछि बुढा च्याउ खेतीतर्फ आकर्षित भएकी छिन् । पछिल्लो समय जिल्लामा उत्पादन भएको च्याउ स्थानीय बजारमै बिक्री हुन थालेको छ । बुढाले आफ्नै लगानीमा घोराही उपमहानगरपालिका– १६ झिगौरामा ‘जलजला च्याउ प्रसोधन केन्द्र’समेत स्थापना गरेको छ । रु १ करोड ७ लाखको लगानीमा स्थापना गरिएको सो केन्द्रमा च्याउको सुकुटी, अचार र धुलो बनाएर बजारमा बिक्री वितरण गर्ने गरिएको छ । ‘च्याउ व्यवसायबाट पर्याप्त आम्दानी गर्न सकिन्छ,’ उनले भने ।

बजारमा च्याउको माग बढ्दै गएको छ । उत्पादन र बजारीकरण गर्न सके च्याउबाट मनग्य आम्दानी गर्न सकिन्छ । ‘च्याउको अचार र सुकुटी मागअनुसार पुर्‍याउन सकेका छैनौँ,’ बुढाले भने । बुढाले आफ्नो व्यवसायलाई विस्तार गर्दै लैजानु भएको छ ।

घोराही– १४ का कमला देउजा एक दशकदेखि च्याउ उत्पादनमा लागे । बजार राम्रो देखेपछि उनले च्याउ खेतीतर्फ आकर्षित हुनु भएको हो । अहिले देउजाले आफ्नै च्याउ उत्पादन केन्द्र तथा महिला जागरण कृषि समूहमार्फत उत्पादन र बिक्री वितरण गरिरहेका छन् ।’गत वर्ष चार सय किलो च्याउ बिक्री गर्‍यौं’ उनले भने, ‘च्याउको अचार र सुकुटीसमेत बेच्दै आएका छौँ ।’ अचार र सुकुटी खरीद गर्न उपभोक्ता घरमै आउन थालेका छन् । उनले सामुहिक रुपमा रु ७ लाखको लगानीमा सो व्यवसाय थालेका हुन् ।

यहाँ उत्पादन भएको च्याउ दाङबाहेक रुकुम, रोल्पा, प्युठान र सल्यानमा समेत बिक्री गरिँदै आएको छ । घोराही उपमहानगरपालिका कृषि शाखाका प्रमुख भरतमणि पोखरेल जिल्लामा च्याउको उत्पादनमा वृद्धि हुँदै गएको बताउछन् । ‘बीउ र मलमा व्यवसायीलाई अनुदानको व्यवस्था गरेका छौँ,’उनले भने ।

कार्यालयले यस वर्ष कृषकलाई च्याउको बीउ वितरण गरेको छ भने उत्पादन र प्रशोधन सम्बन्धि तालीम समेत प्रदान गरेको छ । जिल्लामा अधिकांश कृषकले दुधे च्याउ, गोब्रे र सिताकी च्याउ उत्पादन गर्र्ने गरेका छन् । जिल्लामा हाल ४० मेट्रिक टन च्याउ उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । घोराही उपमहानगरपालिकामा मात्रै पाँच कृषि समूहले च्याउ उत्पादन गर्दै आएका छन् ।