अमेरिकामा ‘छक्का पन्जा ३’ ले तहल्का मच्चायो ! « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

अमेरिकामा ‘छक्का पन्जा ३’ ले तहल्का मच्चायो !


प्रशासन संवाददाता

२५ कार्तिक २०७५, आइतबार


अमेरिका । नेपाली बक्स अफिसमा सर्वाधिक कमाई गर्ने चलचित्रको रेकर्ड बनाएको ‘छक्का पन्जा ३’ले अमेरिकामा नयाँ  रेकर्ड बनाएको छ ।

अमेरिका र अष्ट्रेलियालाई नेपाली चलचित्रका लागि सबैभन्दा शक्तिशाली बजार मानिन्छ । अमेरिकाको डालस टेक्सासमा यो चलचित्रले लगातार १ महिना प्रदर्शन हुने चलचित्रको रेकर्ड बनाएको छ । यसअघि ‘छक्का पन्जा, छक्का पन्जा २ र लुट २’ ३ सातापछि नियमित प्रदर्शन भएका थिए । यो चलचित्रको डालसमा अहिलेसम्म ६४ शो सफल प्रदर्शन भैसकेको छ ।

अझै पनि चलचित्रको प्रदर्शन जारी रहेको छ । नेपालमा १६ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको यो चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । दिपकराज गिरी र दीपाश्री निरौलाको साथमा चलचित्रमा केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, वुद्दि तामाङ, निर शाह, अनुराग कुँवर लगायतका कलाकारको मुख्य भूमिका  रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस