२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

समृद्धिका लागि व्यावसायिक शिक्षा अपरिहार्य : मन्त्री पोखरेल

अ+ अ-

बर्दिवास । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीपमूलक व्यावसायिक शिक्षा मुलुकको समृद्धि अभियानका लागि अपरिहार्य भएको बताए ।

शनिबार महोत्तरीको बर्दिवास–६ किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन क्याम्पसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई मन्त्री पोखरेलले मुलुकको दिगो विकास र दक्ष जनशक्तिको प्रवद्र्धनका लागि अब सीपमूलक र व्यावसायिक शिक्षालाई बढाउनुपर्ने बताए।

यसका लागि सरकारले २५ वर्षे शैक्षिक रणनीति बनाएको मन्त्री पोखरेलको भनाइ छ । मुलुकमा सीपमूलक र व्यावसायिक शिक्षालाई प्रवद्र्धन र विकासका लागि अब माध्यमिक तहदेखि उच्च तहसम्म पठनपाठन गराइने गरी यसअघि प्रयोगमा रहेका व्यावसायिक विषयबाहेक जडीबुटी, आयुर्वेद, योग र प्राकृतिक चिकित्सासहितका विषय समावेश गराइएको मन्त्री पोखरेलले बताए ।

सामुदायिक विद्यालयमा हुँदै आएको राजनीतिक खिचातानीले पठनपाठन अस्तव्यस्त बनाएको मन्त्री पोखरेलको ठम्याइ छ । ‘हाम्रा सामुदायिक विद्यालय राजनीतिक दल र मर्यादित हुनपर्ने शिक्षण पेशामा संलग्नहरूका लागि राजनीति गर्ने थलो बनेका छन्” मन्त्री पोखरेलले भने, ‘अब यो वा त्यो राजनीतिक दलसँग आफूलाई जोडेर जागिर जोगाउने मनोवृत्ति शिक्षकले त्याग्नैपर्ने हुन्छ ।’

कार्यक्रममा महोत्तरी–१ ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य शारदा थापाले दक्ष जनशक्ति विकासमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज सहयोगी हुने विश्वास व्यक्त गरे । सो अवसरमा राजर्षि जनक विश्वविद्यालयका उपकुलपति भरत झाले नवस्थापित कलेजलाई आफ्नो तहबाट सहयोग पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनका डिन जयप्रकाश दत्तले किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजले दक्ष जनशक्ति विकासमा योगदान दिने विश्वास व्यक्त गरे । कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुर चितवनको आङ्गिक क्याम्पसका रूपमा स्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेज बर्दिवास–६ किसाननगरमा यस वर्षबाट स्नातक तहको पठनपाठन शुरु गर्न प्रक्रिया थालिएको दत्तले जानकारी दिए ।

विज्ञान विषयमा ५० प्रतिशत प्राप्ताङ्क कटाएर कक्षा १२ सकेका छात्रछात्राले अहिले बालीविज्ञान विषयको पठनपाठन हुने नवस्थापित कलेजमा नामाङ्कनका लागि आवेदन दिनसक्ने कृषि तथा वन विज्ञान विश्वविद्यालयका डिन दत्तले जानकारी दिए। कलेजमा नामाङ्कनका लागि विश्वविद्यालयमै अनलाइन आवेदन कात्तिक २५ गतेदेखि मङ्सिर १७ गतेसम्म दिन सकिने र मङ्सिर २९ गते योग्यता (इन्ट्रान्स) परीक्षा लिइने दत्तले बताए।

किसाननगरमा नवस्थापित प्राकृतिक स्रोत व्यवस्थापन कलेजमा यस वर्ष ५४ जना छात्रछात्राले प्रवेश पाउनेछन् । अन्तरक्रिया कार्यक्रममा बर्दिवास नगरपालिकाका प्रमुख बिदुर कार्कीले कलेजका लागि आठ बिघा जग्गा खरिद भइसकेको र थप जग्गाका लागि प्रयास भइरहेको सो अवसरमा जानकारी दिए।