२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

फूलखेतीबाट मनग्य आम्दानी

अ+ अ-

बनेपा । विगत सात वर्षदेखि निरन्तर पुष्प व्यवसाय गर्दै आएका रमिला खड्काले यस वर्ष पनि फूल व्यवसायबाट राम्रो आम्दानी गरेको बताए ।

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१० जनागालमा विगत सात वर्ष अगाडिदेखि व्यावसायिक रुपमा नै खेती गर्दै आएका खड्काले मौसमी फूल खेती गरे रु ५० हजारभन्दा बढी आम्दानी गरिसकेको बताए । उत्पादन गरेको फूल बनेपा र काठमाडौंको बजारमा बेच्दै आएकामा अब अलिअलि मात्रै बाँकी छ । उनले भने, दुःख गरेअनुसार आम्दानी राम्रै छ ।

उनले तिहार लक्षित गरेर सयपत्री, गोदावरी र मखमली फूल उत्पादन गरी बिक्री गरेको बताए।’ विगत सात वर्ष अगाडि शुरुमा ११ लाखमा टनेल निर्माण गरेरै पुष्पखेती गर्दै आएका उनले अरु विभिन्न जातका मौसमी तथा बेमौसमी फूलखेती गर्दै आइरको छ । काभ्रेमा पछिल्लो समयमा व्यावसायिक पुष्पखेती गर्ने व्यवसायीको सङ्ख्या बढिरहेको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रे शाखाले जनाएको छ ।

शाखाका उपाध्यक्ष भेषराज दनुवारका अनुसार जिल्लाको रोशी गाउँपालिका, बनेपा नगरपालिका, पनौती नगरपालिका, धुलिखेल नगरपालिका, पाँचखाल नगरपालिका, र भुम्लु गाउँपालिकामा व्यावसायिक पुष्पखेती गर्ने किसान रहेका छन् । ‘काभ्रेको अधिकांश भूभाग ग्रामीण क्षेत्र भएको कारण धेरैजसो किसानले आफूलाई प्रयोग गर्नको लागि र केही किसानले मौसमी तथा धार्मिक समयलाई लक्षित गरी फूलको खेती गरिएको कारण काभ्रेमा तिहारको लागि उपयोग गर्न फूल आयात गर्नै पर्दैन ।’दनुवारले भने ।

उनका अनुसार काभ्रेमार्फत् काठमाडौंको बजारमा तिहारको लागि दुई लाख सङ्ख्यामा पुष्प माला निर्यात गर्न सफल भएको छ । सो खेतीमार्फत् जिल्लामा गरिएको खेतीमार्फत् तिहारमा मात्र रु १ करोड नगद आम्दानी भइरहेको उनले बताए । व्यावसायिक हिसाबले अगाडि बढिरहेको खेतीमा बर्खामा आएको बाढीका कारण कतिपय व्यवसायीको फर्ममा बाढीले क्षति पुर्‍याएको कारण भने जति आम्दानी गर्न नपाएको फ्लोरिकल्चर एशोसिएशन नेपाल काभ्रेका अध्यक्ष वीरेन्द्र श्रेष्ठले बताए ।

जिल्लाका पुष्प व्यवसायीका अनुसार काभ्रेमा उत्पादन भएको रैथाने जातको पुष्प नरम पत्र भएकाले निर्यात गर्ने समयमा प्याकिङ उपयुक्तरुपमा नगरिने हुँदा फूलको पत्र खुम्चने समस्याको कारण पनि बजारी करणमा समस्या हुने गरेको बताएका छन् । रासस