विद्यार्थी भ्रमणको बस दुर्घटना, २६ घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

विद्यार्थी भ्रमणको बस दुर्घटना, २६ घाइते


२१ कार्तिक २०७५, बुधबार


चितवन । विद्यार्थी भ्रमणको बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् ।

चितवन माडीको सोमेश्वर माविका विद्यार्थी भ्रमणमा गएको बस जनकपुरबाट फर्किने क्रममा भरतपुर महानगरपालिका -६ पुल्लरमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

ना६ख ९३६६ नंं. को बस बिहान १ः१५ बजे अनियन्त्रित भई पल्टेको थियो । बसमा शिक्षक र विद्यार्थी गरी ३४ जना सवार रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस