नेपाली सेनाद्वारा निःशुल्क खानेपानी र शौचालय निर्माण « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

नेपाली सेनाद्वारा निःशुल्क खानेपानी र शौचालय निर्माण


२० कार्तिक २०७५, मंगलबार


डोटी । नेपाली सेनाले निःशुल्क रुपमा खानेपानी र शौचालय निमार्ण गरेको छ ।

डोटी स्थित सिलगढीमा तैनाथ रहेको श्री रुद्रध्वज गणले शिखर नगरपालीका वडा नम्बर २ स्थित सालमुनी देबी मन्दिर परिसरमा रहेको खानेपानी ट्याङ्की मर्मत रंग रोगन, परिसर संभार एवं रंग रोगन गर्नुका साथै करीब २ लाख बराबरको २ कोठे शौचालय समेत निःशुल्क रुपमा निमार्ण गरिएको रुद्रध्वज गणका गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले बताए । उनले भने, “हामीले नितान्त रुपमा भक्तजनहरुको सेवा सुविधालाई मध्यनजर गरेर केही सहयोग पुयोग, केही सेवामुलक कार्य गर्न सकिन्छ की भन्ने उद्देश्यले निमार्ण गरेका हौँ ।”

डोटी जिल्लाको एक प्रसिद्ध धार्मिक स्थलको रुपमा चिर परिचित रहेको सालमुनी थानमा सिजनमा दैनिक १५२० वटा र अरु समयमा प्रायः दैनिक १०,१२ वटा बोकाको बलि दिईने गरिन्छ । नेपाली सेनाले मन्दिर वरपरको संरचना, खानेपानी र शौचालय निमार्णले भक्तजनहरुको पुजाआजामा सहयोग पुगेको सालमुनी क्षेत्र विकास समितिले जनाएको छ ।

यस अघि नेपाली सेनाले खानेपानी, बाटोनिमार्ण, मन्दिर परिसर सरसफाई, बजारक्षेत्र सरसफाई लगायतका सामाजिक कार्य गदै आएको छ ।

प्रतिक्रिया दिनुहोस