२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कागेश्वरी महादेव मन्दिरमा पूजा गर्ने भक्तजनको भीड

अ+ अ-

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने काग तिहारका दिन बिहानैदेखि राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनको भीड लागेको छ ।

मेला आयोजक समितिले गोकर्णेश्वर उत्तरवाहिनीस्थित कान्तिभैरव गुरुकुलका ब्राह्मण वटुकबाट हिन्दू धार्मिक विधिअनुसार गागलफेदी गुम्बाका लामाबाट बौद्ध परम्परा अनुसार पूजा गराएको थियो । मन्दिर २२७ किलोको पित्तललगायत धातुबाट बनेको कागको मूर्तिले धार्मिक पर्यटकलाई आकर्षण गर्ने गरेको छ । संविधानसभा सदस्य निर्वाचित हुनुभएपछि सभासद् रामेश्वर फुयाँलले निर्वाचन क्षेत्र विकास कार्यक्रमबाट छुट्याएका बजेट र कागेश्वरी मनोहरा नगरपालिकाको गरी रु १३ लाखको लागतमा २२७ किलो पित्तललगायत धातुबाट सो मूर्ति बनाइएको हो ।

यो मूर्ति नेपालकै ठूलो कागको मूर्ति हो । प्रदेशसभा सदस्य फुयाँलले गोकर्णेश्वरस्थित राष्ट्रिय शहीद स्मारक, गोकर्णेश्वर महादेव मन्दिर, तारेभीर, श्वेतवाराही, सुन्दरीमाई, शिवपुरी, कागेश्वरी, लोकतान्त्रिक शहीद उद्यान, मणिचुड, चिसापानी, गोल्सेभञ्ज्याङ, झुले, जहरसिंहपौवा, नगरकोट, चाँगुनारायणलगायत क्षेत्रलाई समेटेर चलचित्र छायाँङ्कानस्थलका रुपमा विकास गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग माग गरिएको बताएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा, उपप्रमुख विन्दु सिम्खडा, नगरपालिका–१ का अध्यक्ष मुकुन्द गजुरेललगायतले उपत्यकाको सेरोफेरोमा रहेका पर्यटकीय स्थलको विकास गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न तीनै तहका सरकारकाबीच समन्वय हुनुपर्नेमा जोड दिएका छन् ।

विसं २०४८ को संसदीय निर्वाचमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद एवं तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले संसद्मा बोल्ने क्रममा पनि यो क्षेत्रलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिनुपर्ने बताएका छन् । जननेता भण्डारीको यो विचार ‘संसद्मा मदन भण्डारी’ नामक पुस्तकमा पनि उल्लेख गरिएको छ ।

नगरपालिकाको ब्रह्मखेल–सातघट्टे–गागलफेदी–शहीद उद्यानसम्मको सडक निर्माणका लागि ३ नं प्रदेश सरकारले रु ३८ करोड बजेट छुट्याएको छ । केही दिनमै यो मार्गको बोलपत्र आह्वान हुन लागेको जनाइएको छ । यो सडकलाई गोसाइँकुण्डसम्म विस्तार गर्ने लक्ष्य रहेको प्रदेशसभा सदस्य फुयाँलले बताए । शहीद उद्यानमा एक हजार किलो अष्ट धातुबाट कागको मूर्ति बनाउने अभियान शुरु भएको जनाइएको छ । वसन्तपुरस्थित कागेश्वरी मन्दिरमा पनि बिहानैदेखि कागको पूजा गर्ने भक्तजनको भीड लागेको छ । रासस