२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सयपत्री माला बिक्री वितरण शुरु

अ+ अ-

काठमाडौँ । यस वर्षको तिहार आजदेखि शुरु भएको छ । तिहार शुरु भएसँगै सयपत्री फूलको माला बिक्री वितरणसमेत शुरु भएको छ ।

तिहारको लागि भारतबाट सयपत्री फूल ल्याइसकिएको छ । नेपालमा उत्पादन भएका सयपत्री फूल पनि बिक्रीका लागि तयारी अवस्था रहेको एशोसिएशनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारी दिए । सयपत्री फूल विशेषगरी आजदेखि लक्ष्मी पूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ ।

यस वर्ष भारतबाट रु ३० लाख बराबरको तीन लाख सयपत्री फूलको माला ल्याइएको छ । तिहारमा मात्रै रु एक करोड बराबरको फूलको कारोवार हुन्छ । “यस पटकको तिहारमा भारतबाट थौरै मूल्यको माला आयात गर्ने तयारी रहे पनि माग बढेकाले फूलको माला आयातमा वृद्धि गर्नुपरेको छ”, उनले भने, “अहिले स्वदेशमा नै ९० प्रतिशत फूल उत्पादन हुन थालेको छ । यसअघिका वर्षमा १८ प्रतिशत फूल भारतबाट आयात गर्नुपर्ने अवस्था थियो ।”

यस वर्ष उपभोक्ताले एउटा सयपत्री मालाको मूल्य रु ६० देखि रु ७० बढी मूल्यमा तिर्नुपर्ने देखिन्छ । गत वर्ष रु ५० देखि रु ६० बढी मूल्यमा माला किन्नुपर्ने अवस्था थियो । फ्लोरीकल्चर एशोसिएशनका अनुसार यस वर्ष गत वर्षभन्दा दुई लाख बढी फूलको माला खपत हुने अवस्था छ । गत वर्ष तिहारमा १५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १७ लाख मालाको माग रहेको बताइएको छ ।

मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री मात्रै भारतबाट आयात गर्नुपर्ने अवस्था छ । मखमली र गोदावरी स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष तिहार ढिला छ । ढिला भएका कारण फूल फुलेर सुकिसकेका छन् । पात्रो हेरेर व्यावसायिक रुपमा फूल लगाउँदा व्यवसायीको मात्रै फूल प्रयोग गर्न मिल्ने अवस्था छ । गत वर्षभन्दा फूलको मूल्यमा वृद्धि हुनेछ ।

प्रत्येक वर्ष १० देखि १५ प्रतिशत स्वदेशी फूल उत्पादनमा वृद्धि हुने गरेको छ । माग पनि सँगसँगै बढ्ने गरेको छ । यस वर्ष तिहारका लागि दुई लाखभन्दा बढी माला आयात गरिने एशोसिएशनका अध्यक्ष श्रेष्ठले जानकारी दिएका छन् । सबैभन्दा बढी काठमाडौँ उपत्यकामा नै फूल खपत हुने गरेको छ । काठमाडौँ उपत्यकामा झण्डै ६० प्रतिशत माला खपत हुन्छ । गत वर्ष रु एक अर्ब ८५ करोडको फूलको कारोवार भएको थियो । तिहार र अन्य मौसममा गरी रु ११ करोडको फूल वार्षिक रुपमा विदेशबाट आयात गरिँदै आएको छ । रासस